मुख्यमन्त्रीसमक्ष रासस अध्यक्षद्वारा भवन निर्माणसम्बन्धी अवधारणापत्र पेस

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आज रासस धनगढीको जग्गामा आमसञ्चार विकास सम्बन्धी भवन निर्माणका लागि अवधारणापत्र पेस गर्नुभएको छ ।   
   
राससका कार्यकारी अध्यक्ष झाको नेतृत्वको टोलीले धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर मुख्यमन्त्रीलाई भवन निर्माणको अवधारणापत्र सम्बन्धी प्रस्ताव पेस गरेको हो ।   
   
सो अवसरमा मुख्यमन्त्री शाहले राज्यको आधिकारिक समाचार संस्था राससको भवन निर्माणका लागि आफू सकारात्मक रहेको बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशको पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।   
   
अध्यक्ष झाले राससका देशभरि रहेका राससका अचल सम्पत्ति (भवन र जग्गा) उपयोगका बारेमा प्रकाश पार्दै पेस गरिएको प्रस्तावमा प्रदेश सरकारको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।   
   
प्रदेश सरकारसँग रासस सहकार्य गर्न तयार रहेको बताउँदै अध्यक्ष झाले भन्नुभयो, “राससलाई जनस्तरमा पुर्‍याउन हामी लागिपरेका छौँ ।” टोलीमा रासस सञ्चालक बोर्डका सदस्य कृष्ण अधिकारी, बजार शाखा प्रमुख राजाराम कार्की, रासस सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख सिद्धराज भट्ट सहभागी हुनुहुन्थ्यो ।   
   
सुदूरपश्चि आमसञ्चार विकास तथा अनुसन्धान केन्द्र धनगढी निर्माणसम्बन्धी उक्त प्रस्तावमा हाल रहेको पुरानो भवनलाई भत्काएर सो ठाउँमा बहुउद्देश्यीय नयाँ भवन बनाउने प्रस्ताव छ ।   
   
प्रदेशका सञ्चारकर्मीका लागि क्षमता विकास गर्दै नयाँ जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको सो भवनमा राससको कार्यालयका अतिरिक्त आमसञ्चारमाध्यम तथा तालिम, अभिमुखीकरण लागि तस्बिर, रेडियो र टिभी स्टुडियो, पुस्तकालय लगायतका लागि कक्ष हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments