म्याग्दीमा हावाहुरीले विद्यालयको छानो उडायो

म्याग्दी, म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँस्थित जनआदर्श आधारभूत विद्यालयको कक्षाकोठा भवनको छानो हावाहुरीले उडाएको छ । सोमबार आएको हावाहुरीले विद्यालयको छानो उडाएको हो ।   
   
हावाहुरीले बालकक्षा र विद्यालयको कार्यालय सञ्चालन भएको कोठा रहेको अको भवनमा समेत आंशिक क्षति पुगेको प्रधानध्यापक फमाया पुनले जानकारी दिनुभयो । विद्यालय परिसरमा रहेको ओखरको हाँगा भाँच्चिएर विद्यालयमा खसेपछि क्षति पुगेको हो ।   
   
वार्षिक परीक्षा सकिएर पठनपाठन बन्द भएको समयमा हावाहुरीले छानो उडाएकाले मानवीय क्षति हुनबाट जोगिएको छ । नयाँ शैक्षिकसत्र सुरु हुने समयमा विद्यालय भवनको छानो उडाएपछि भर्ना अभियान र पठनपाठन सञ्चालन गर्न समस्या हुने भएको प्रअ पुनको भनाइ छ । विद्यालयले आगामी वैशाख ३ गतेदेखि भर्ना अभियान र १० गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्ने कार्यतालिका बनाएको भए पनि भवन मर्मतर नभएसम्म पठनपाठन सञ्चालन गर्न कठिन हुने प्रधानध्यापक फमाया पुनले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments