उपत्यकामा कम हुँदैछ खानेपानी चुहावटको समस्या

काठमाडौँ, दुई तीन महिना पहिलेसम्म काठमाडौँका अधिकांश स्थानमा खानेपानीको चुहावटको समस्या देखिन्थ्यो । अहिले त्यो समस्या कम भएको छ ।   
   
मेलम्ची खानेपानी आयोजनाका लागि बिच्छ्याइएको नयाँ पाइप परीक्षणको क्रममा हुँदा पुरानो पाइपबाट पानी वितरण हुँदा चुहावटको समस्या धेरै रहेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट देखिएका अधिकांश स्थानमा मर्मत गरिरहेकाले समस्या कम भइरहेको देख्न सकिन्छ । अहिले चुहावटलाई पहिलो प्राथमिकतामा राखेर देखिनासाथ मर्मत भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताउनुभयो ।   
   
उहाँले भन्नुभयो, “कतै चुहावट भयो भन्ने सूचना आउनासाथ सडक विभागको स्वीकृति लिएर मर्मत भइरहेको छ ।” चुहावट मर्मत छिटो, छरितो गरिएकाले चुहावट कम देखिएको लिमिटेडले जनाएको छ । नयाँ पाइपको परीक्षण भइरहेको र असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी निर्देशनालयले काम गरिरहेको उहाँले बताउनुभयो ।   
   
परीक्षण सम्पन्न भएपछि खानपानी नयाँ पाइप लाइनबाटै वितरण सुरु गरिनेछ । उहाँले भन्नुभयो, “त्यसपछि चुहावटको मात्रा कम भएर पानी बढी दिन सकिने अपेक्षा छ ।” अहिले उपभोक्ताको घरघरमा दुई दिन बिराएर पानी वितरण भइरहेको उहाँले बताउनुभयो ।   
   
निर्देशनालयले पाँच करोड लिटर पानी परीक्षणका लागि प्रयोग गरिरहेकाले उपभोक्ताले कम पानी पाएका हुन् । परीक्षण सकिएपछि १७ करोड लिटर पानी नयाँ प्रणालीमा दिन सकिने उहाँले बताउनुभयो । निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि नयाँ पाइप विच्छ्याउँदा सँगै १० ठाउँमा ट्याङ्की निर्माण गरेको थियो । अहिलेसम्म पुरानो पोखरीबाटै पानी वितरण भइरहेको छ । नयाँ ट्याङ्की परीक्षणको क्रममा रहेको उहाँले बताउनुभयो ।   
   
मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौँ उपत्यकाका धेरै सडकमा क्षति पुगेको थियो । उपत्यकामा पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको थियो । खासगरी लैनचौर–महाराजगञ्ज, महाराजगञ्ज–बालाजु, त्रिपुरेश्वर–कलङ्की, ताहाचल–छाउनी, नयाँ सडक, कालीमाटी–कलङ्की सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments