२० के जी मल लिन बिहान ४ बजेदेखि लाइनमा, कृषि सहकारीका सञ्चालक नै मल व्यापारी

मकवानपुर: सरकारले कृषकहरुका लागि समयमा कृषि बालीमा लगाउने रासायनिक मल उपलब्ध नगराउँदा कृषकहरु मारमा परेका छन् ।

बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौंडामा मल किन्न कृषकहरु भौतारिरहेका छन् । सरकारले कृषि सामग्री संस्थान मार्फत स्थानीय सहकारीहरुलाई मल उपलब्ध गराउँदै आएको छ ।

तर स्थानीय कृषकहरुले बालीमा लगाउने रासायनिक मल कतै नपाएपछि आइतबार हेटौंडामा प्ले कर्ड सहित सरकारको विरोध गरेका थिए । उनीहरुले हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामालाई मकैको बोट उपहारमा दिदैं स्थानीय सरकारको ध्यानाकर्षण समेत गरेका थिए ।

सो अवसरमा उपप्रमुख लामाले स्थानीय सरकारले कृषिका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको बताउनु भएको थियो । कृषकले समयमा मल नपाउनु सरकारले निजी क्षेत्रलाई नाफा कमाउने गरी नीति ल्याएकाले यस्तो अवस्था आएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको निष्कर्ष छ ।

अध्यक्ष लामाका अनुसार नियमन गर्ने निकायले काम नगरेको समेत गरेको छैन । हिजो कृषकहरुले हेटौंडा बजारमा विरोध कार्यक्रम गरेपछि २ सय ६० बोरा रासायनिक मल उपलब्ध गराएको छ ।

प्रति कृषक २० केजी मल दिने भनेपछि आज बिहान ४ बजेदेखि कृषकहरु हेटौंडा–४ मा रहेको कृषि सहकारीमा लाईन लागेका थिए । तर लाईनमा बस्न पुगेका सबैलाई मल नपुग्ने भएपछि केहीबेर तनाब समेत भएको थियो ।

प्रहरीले करिब ६ सय ५० जनालाई मात्रै पुग्छ बाँकी कृषक लाईनमा नबस्नुस् भने पछि मल जसरी पनि पाउनुपर्ने भन्दै कृषकहरु विवाद समेत उत्रिएका थिए । यता कृषि सहकारीका सञ्चालक नै मल व्यापारी भएपछि किसानहरुलाई कुरा बुझ्न गाह्रो परेन पनि ।

तरकारीमा विचौलियाको विरोध गर्नेहरुले सहकारीका सञ्चालकलाई नै मल व्यापारी बनाउँदा जसरी भएपनि मार किसानमाथि नै थोपरिएको छ । र, त्यो मार अन्ततः उपभोक्तासंग जोडिन पुग्ने निश्चित छ ।

सरकारले कृषि क्रान्तिबाट मात्रै विकास सम्भव छ भनिरहँदा यसरी कृषकहरुले समयमा बीऊविजन , मल नपाउनु दुःखद पक्ष बन्दै आएको छ । समयमा कृषकहरुलाई आवश्यकीय वस्तु उपलब्ध नगराउने हो भने सरकारले दिदै आएको कृषि क्रान्तिको नारा गफमा मात्रै सीमित हुने प्राय निश्चित छ । न्युज24 मा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments