करेन्ट लागेर ४० बर्षीय पुरुषको मृत्यु

सुनसरी, सुनसरीको ईटहरी उप-महानगरपालिका-१३ खनार स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका-२ का ४० बर्षीय राम चन्द्र राय रहेका छन् । हिजो दिउँसो साढे १२ बजे खनार स्थित रहेको स्वस्तिक मैदामिल बन्दै गरेको फ्याक्ट्रिमा फलामको भर्याग्ङ लगाई कलर लगाउने क्रममा अचानक बिजुलिको तार छुन पुग्दा करेन्ट लागेर घाइते भएका रायलाई उपचारको लागि बिराट टिचिङ हस्पिटल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments