लकडाउनबीच चियाखेती विस्तारमा जुटे घलेगाउँवासी

होम स्टेको गन्तव्य बनेको लमजुङको घलेगाउँका बासिन्दा कोरोना संक्रमणको त्रासपछि फुर्सदिलो बने ।

अरू वेला गाउँमा आउने पर्यटकलाई सेवा गर्दै व्यस्त हुने उनीहरू लकडाउन सुरु भएसँगै फुर्सदिलो बने ।

तर, यही मौका छोपी उनीहरूले घलेगाउँ वरपर लगाएको चियाको बगानलाई फैलाउने योजनामा जुटेका छन् ।

क्व्होलासोंथर गाउँपालिका– ३ मा रहेको घलेगाउँका बासिन्दा लकडाउनको समयमा चिया बगानको गोडमेलसँगै यसको विस्तारमा होमिएका छन् ।

घलेगाउँका युवायुवती, वृद्धवृद्धा सबैजना अहिले चिया बगानको सरसफाइ, गोडमेल र चियाखेती विस्तारमा जुटेका स्थानीय भारती घलेले बताइन् ।

पर्यटन व्यवस्थापन समिति घलेगाउँका सचिव उमलबहादुर विकले गाउँका १ सय २० घरधुरीको प्रत्येक घरबाट एक–एकजना खटिएर चियाखेती विस्तारमा लागेको जानकारी दिए ।

घलेगाउँका स्थानीयले करिब तीन सय रोपनी जग्गामा चियाखेती गर्दै आएका छन् ।

पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले १६ रोपनी जग्गामा चियाखेती विस्तार गर्न लागेको जानकारी दिए ।

उनले नयाँ आठ हजार बिरुवा रोप्ने तयारी गरेको पनि बताए । यसका लागि चियाको बेर्ना गाउँमै तयार पारिएको छ ।

उनले गाउँमा चिया प्रशोधन मेसिन ल्याउने तयारी गरेकोसमेत बताए ।

स्थानीयले ०५४ देखि सामूहिक रूपमा चिया खेती गरेका थिए । सुरुमा आमा समूहको अगुवाइमा गरिएको चियाखेतीका लागि अहिले सबैजना जुटेको घलेले बताए

समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइमा रहेको घलेगाउँमा रहेको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकको मन जित्दै आएको छ । यो खबर आजको नया पत्रिका दैनिकमा छ।

शान्ता कमली

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments