हेड अफ एनसिबी कन्फ्रेन्समा सहभागी भई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा जेठ २४ देखि २६ गतेसम्म संचालन भएको ‘१८औं हेड अफ एनसिबी कन्फ्रेन्स’मा नेपालको तर्फबाट सहभागी भई आइतबार स्वदेश फर्कनुभएको छ ।

प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक कुँवरले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले फहराएको इन्टरपोलको झण्डा इन्टरपोलका अध्यक्ष र महासचिवलाई कार्य समितिका सदस्यहरूको उपस्थितिमा मेगा कार्यकमबीच नेपाल प्रहरीकोतर्फबाट हस्तान्तरण गरिएको जानकारी दिनुभयो । आगामी नोभेम्बरमा अष्ट्रियाको भियानामा हुने इन्टरपोलको महासभामा प्रहरी वरिष्ठ नायब निरीक्षक नेपालीलाई विशेष आमन्त्रण गरी सम्मान गर्ने कार्यक्रम घोषणा भएको उहाँले बताउनुभयो । यस कार्यले नेपाल र एनसिबी काठमाडौंको छवि माथि उठेको र विश्वसामू नेपालको अस्तित्व उजागर भई नेपाल प्रहरीको इतिहासमा महत्वपूर्ण घटनाको रूपमा रहने उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले उक्त कन्फ्रेन्समा इन्टरपोलका १९५ सदस्य राष्ट्रमध्ये १३३ राष्ट्रका एनसिबी प्रमुखहरूबीच ईन्टरपोलका सदस्य राष्ट्रहरूको नेटवर्कलाई बलियो र प्रभावकारी बनाउने, अन्तरदेशीय अपराध नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य गर्ने र आतकंवाद जस्ता अपराधहरूको नियन्त्रण लगायतका विषयहरुमा बृहत छलफल भई विभिन्न प्रस्ताव पारित भएको बताउनुभयो । कन्फ्रेन्स अत्यन्त महत्वपूर्ण र उपलब्धिमूलक भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवर कन्फ्रेन्समा सहभागी हुन जेठ २२ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फ्रेन्समा एनसिबी काठमाडौं नेपालका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. समेतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments