आफ्नै बुवा कुटपिट गरी हत्या गरेको अभियोगमा बालगोबिन्द पक्राउ

२०, बैशाख, नवलपरासी (पश्चिम)। आफ्नै बुवा ५० वर्षीय शंकर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा रामग्राम नगरपालिका-१४ प्रसावल बस्ने ३२ वर्षीय बालगोबिन्द यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

बालगोबिन्दले कुटपिट गर्दा गम्भीर घाइते भएका शंकरको पृथ्वीचन्द्र अस्पताल परासी हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले बालगोबिन्दलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments