अवैध लागूऔषध सहित दुई जना पक्राउ

२३ बैशाख, बाँके। नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाँके बैजनाथ गाउँपालिका-३ बस्ने २३ वर्षीय कृष्ण प्रसाद रेग्मी र दैलेख नारायण नगरपालिका-९ बस्ने २४ वर्षीया दिपिका पुन रहेका छन् ।  भारतबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१२ प १४९७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक रेग्मी र मोटरसाइकलमा सवार पुनलाई पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ ढकाल चोकबाट ८ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय राजेन्द्र कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments