बुवा र आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

२३ बैशाख ,ताप्लेजुङ। आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा फक्ताङलुङ गाउँपालिका-६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आइतराजले आफ्नै बुवा र आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लेलेपबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments