सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो ।

उक्त पहेँलो धातु सुन भएको आशंकामा भन्सार कार्यालयका कर्मचारीले बैंककबाट काठमाडौं आइपुगेका थाई नागरिकबाट १० थान बिस्कुट आकारको पहेँलो धातु जफत गरेको थियो ।

थाई नागरिक धार्मिक प्रयोजनका लागि नेपाल आएको र उनले उक्त धातु मन्दिरमा चढाउनको लागि ल्याएको बताएका थिए । अहिले उनले ल्याएको सो धातु त्रिपुरेश्वरस्थित रहेको भन्सार विभागमा जाँच गरेर उनलाई नै फिर्ता दिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
29 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
43 %
Surprise
अचम्म
29 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments