प्युठानमा ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्वीन पक्राउ

प्युठान । नेपाल प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । नेपाल प्रहरीले ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ऐरावती गाउँपालिका-५ झिवाङ बस्ने ३० वर्षीय अर्वीन थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती महिलालाई ऐरावती गाउँपालिका-२ बिरुवाङ खोलामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बरौला र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
43 %
Excited
उत्साहीत
14 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
29 %
Surprise
अचम्म
14 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments