एसियाडका लागि भारतमा विशेष प्रशिक्षण गर्दै नेपालको महिला कबड्डी टोली

काठमाडौं । नेपालको महिला कबड्डी टोली चीनको हाङझाव शहरमा हुने १९औं एशियाली खेलकुदको विशेष प्रशिक्षणका लागि शनिवार भारत जाने भएको छ ।

आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा १९ औं एसियाड शुरु हुँदैछ । उक्त एसियाडमा कबड्डीसहित नेपालका २९ खेलका खेलाडीले चुनौति प्रश्तुत गर्दैछन् । सोही एसियाडको तयारीका लागि नेपाली टोलीले भारतमा विशेष प्रशिक्षण गर्ने भएका हुन् । उक्त टोलीलाई शुक्रवार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रवार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली महिला कबड्डी टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमति बिष्ट, अनुजा कुलुङ राई, नितु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बडू, अर्पणा चौधरी, गंगा चौधरी, ईशा राई र कलावती पन्त रहेका छन् । प्रशिक्षकमा पार्वती राई र विष्णु दत्त भट्ट तथा व्यवस्थापकमा कृष्णदेव पन्त रहेका छन् । टोली भारतको हरियानास्थित गुरुकुल एकेडेमीमा ३० दिनसम्म प्रशिक्षणमा रहने अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।
त्यस अवधिमा टोलीले सात खेल पनि खेल्ने र दिल्लीको साइ सेन्टरमा केही दिन प्रशिक्षणको व्यवस्था मिलाउने प्रयास भइरहेको महासचिव झाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments