अस्ट्रेलियाको पूर्वी तटमा लोपोन्मुख साउथर्न राइट ह्वेल फेला

काठमाडौं । अस्ट्रेलियाको पूर्वी तटमा दुर्लभ प्रजातीको साउथर्न राइट ह्वेलका माउ र बच्चा फेला परेका छन् ।

न्यु साउथ वेल्स (एनएसडब्ल्यु) वातावरण र सम्पदा समूहले आईतवार जानकारी दिएको विवरणअनुसार यो बच्चा जुलाई २५ मा जन्मिएको हो । एनएसडब्ल्यु राष्ट्रिय निकुञ्ज र वन्यजन्तु सेवा (एनपीडब्लुएस) ले जुलाई २७ देखि माउ र बच्चाको जोडीलाई ट्रयाक गर्दै आएको छ । साथै उनीहरुले ह्वेलको संरक्षण गर्न र उनीहरुलाई असर पुग्ने काम नगर्न आह्वानसमेत गरेको छ । साउथर्न राइट ह्वेल एक लोपोन्मुख प्रजाति हो । यस प्रजातिका यस वर्ष २ वटा मात्रै बच्चा फेला परेका छन् । दक्षिणपूर्वी अस्ट्रेलियामा यसको संख्या २७० भन्दा कम छ ।

एनपीडब्ल्युएसले सबै वाटरक्राफ्टहरु, जहाजहरुलाई उक्त ह्वेलहरु भन्दा कम्तिमा ३ सय मिटर टाढाबाट मात्रै यात्रा गर्न र ड्रोनहरुलाई सय मिटर भित्र सबै ठाउँमा निगरानी गर्न निर्देशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
100 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments