कुटनीतिक पहल असफल भए सैन्य हस्तक्षेपबाट नाइजेरियामा प्रजातन्त्र पुनः स्थापना गर्ने इकोवासबीच सहमति

काठमाडौं । इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स (इकोवास) नाइजेरियामा प्रजातन्त्र पुनः स्थापनका लागि गरिएको कुटनीतिक पहल नमाने सैन्य हस्तक्षेप गर्ने सहमति भएको बताउनुभएको छ ।

पश्चिमी अफ़्रिकि राज्यहरुको आर्थिक समुदाय (इकोवास) ले कुटनीतिक पहल असफल भएको खण्डमा अन्तिम उपायको रुपमा सैन्य बल स्ट्याण्डबाइ राख्न निर्देशन दिएको हो । यसको खुलासा इकोवासका राजनीतिक मामिला, शान्ति र सुरक्षा आयुक्त अब्देल फताउ मुसाहले गर्नुभएको हो । केही हप्ताअघि मात्रै नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई अपदस्थगरी देशको शासन व्यवस्था आफूले सञ्चालन गर्ने घोषणा राष्ट्रपतिका सुरक्षा प्रमुख जनरल अब्दुरहमान टियानीले गर्नुभएको थियो । घानाको राजधानी अक्रामा इकोवास रक्षा प्रमुखहरुको दुई दिने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गर्नुभयो । मुसाहले सबै आवश्यक तयारी पूरा भइसकेको र रक्षा प्रमुखहरुले थप निर्देशनका लागि उपक्षेत्रीय स्तरका नेताहरुलाई आफ्नो प्रतिवेदन पेस गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले हस्तक्षेपका लागि आवश्यक तयारी गर्ने कुरामा पहिला नै सहमति जनाइसकेका छौँ । आदेश दिनासाथ जुनसुकै बेलामा हामी नइजर जान तयार छौँ । यो दोस्रो पटकको बैठक हो र हाम्रा राष्ट्राध्यक्षहरु र प्रश्तुत प्रतिवेदनप्रति सरकार सन्तुष्ट छ । हाम्रा सेनता तयार छन् ।’

उहाँले संकटलाई शान्तिपूर्ण रुपमा समाधान गर्न अझै छलफलको वातावरण कायम रहेको बताउनु भयो । उहाँले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुम र उहाँको परिवार अझै नाइजेरियाको हिसासतमा रहेको भन्दै बिना शर्त रिहा गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments