फ्रान्समा अब १७ वर्षमै ड्राइभिङ लाइसेन्स पाइने

काठमाडौं । फ्रान्स सरकारले सन् २०२४ मा १७ वर्ष उमेर पुगेकाहरुले ड्राइभिङ लाइसेन्स लिन पाउने घोषणा गरेको छ ।

यसअघि ड्राइभिङ लाइसेन्सका लागि न्युनतम उमेर १८ वर्ष रहेको थियो । यसले युवाहरुलाई राम्रो हुने सरकारको भनाइ छ । तर विज्ञहरुले भने यो उमेर कोही पनि व्यक्तिलाई स्वतन्त्र रुपमा सवारी चलाउन दिने उमेर हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
एक पेरिस निवासीले भन्नुभयो, ‘व्यक्तिगत रुपमा मैले केही वर्षअघि ड्राइभिङ परीक्षा दिएँ । तर यो एकदमै नराम्रो महशुस भयो । किनभने म त्यो बेला जम्मा १८ वर्षको थिएँ । त्यो बेला मैले अझै सिक्नुपर्ने थियो । सवारी चलाउन एकाग्रताको बारेमा धेरै सिक्न आवश्यक थियो । मलाई पनि त्यो बेला थाहा थिएन की यो राम्रो छ की छैन भनेर तर यसका लागि परिपक्व हुन जरुरी हुन्छ ।’

सडक दुर्घटनामा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरु बढी पर्ने गरेको कुरालाई मध्यनजर गरी फ्रान्सेली प्रधानमन्त्री एलिजावेथ बोर्नले ड्राइभिङ लाइसेन्स प्राप्तिका लागि आवश्यक मापदण्डहरुमा उच्चस्तरको ध्यान दिने प्रतिवद्धता जनाउनु भयो । फ्रान्सका ड्राइभिङ प्रशिक्षक इसाक बेलिनले सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्ष भन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मसँग एउटा सानो अनुभव छ, यो याद गर्नुपर्छ की आज फ्रान्समा सबै ट्राफिक दुर्घटनाहरुको एक चौथाइ दुई वर्ष भन्दा कम ड्राइभिङ अनुभव भएका मानिसहरुका कारण हुने गर्दछन् । त्यसैले ट्राफिक दुर्घटनाहरुको २५ प्रतिशत अझै पनि धेरै उच्च संख्या हो । युवाहरुलाई यसबारेमा सचेत गराउनसके दुर्घटना कम हुनेछ ।’

युवाहरुमा आत्मविश्वास बढाउनसके यस्ता दुर्घटना कम हुँदै जाने बताउनु भयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?