एमालेको ध्यान सत्तातिर छैनः ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले सत्तातिर ध्यान नदिएको बताउनुभएको छ ।

शुक्रवार विराटनगर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । देशको इज्जतका लागि, मुलुकको अर्थतन्त्रको उन्नतिका लागि आफ्नो पार्टीले सुन तस्करी प्रकरण नियन्त्रणका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनका लागि पहल गरेकाले यसलाई सत्तातिर जोडेर हेर्न नहुने ओलीको भनाई थियो । उहाँले एमालेले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा जोड दिएको पनि बताउनु भयो । ओलीले सत्तारुढ गठबन्धनको कुबुद्धिका कारण कोशी प्रदेश सरकारमा अस्थिरता आएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘जुन तस्करी भयावह ढंगले भइराखेको छ । त्यो देशका लागि, देशको इज्जतको लागि, सबभन्दा ठूलो कुरो अर्थतन्त्रको लागि, आर्थिक उन्नतिमा यसले ठूलो बाधा पु¥याउँछ । यस हिसावले यो धेरै गम्भिर कुरा हो । यसलाई रोक्नैपर्छ । यदि यो कुरालाई तपाईले सरकारसँग जोडेको हो भने अहिले हाम्रो सरकारतिर ध्यान छैन । सरकारतिर ध्यान होइन, हाम्रो राजनीतिक स्थिरता, स्थायित्व, सुशासन, भ्रष्टाचार नियन्त्रण, तस्करीजन्य कुरा भ्रष्टाचारकै अंग हो । यी कुराहरु नियन्त्रण र आर्थिक विकास । यी प्रश्नहरुमा हाम्रो ध्यान छ । कोशी प्रदेश सरकार त बनेकै थियो । यो त सत्तारुढ गठबन्धनको कुबुद्धि र अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापको कारणले या अस्थिरता आएको न हो । नत्र भने नबनेको सरकार बनाए भन्ने । सभामुखले भोट हालेर असंवैधानिक क्रियाकलाप गर्ने, गराउने । सभामुखलाई राजीनामा गराएर संकट खडा गराउने । यस्ता खालको काम सत्तापक्षले गरेर समस्या आएको न हो ।’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको अलोकतान्त्रिक, असंवैधानिक क्रियाकलापका कारण कोशी प्रदेश सरकार आफैँ संकटमा परिरहेको जिकिर गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments