५१ सेन्टिमिटरको अनौंठो सानो गाई फेला, हेर्न आउनेहरुको भिड

एजेन्सी । बाङ्लादेशको एउटा गाईफर्ममा निकै सानो गाईको बाछी हेर्न आगन्तुकहरुको भीड लागेको छ । २३ महिनाको सो गाईको बाछीको उचाई केवल ५१ सेन्टिमिटर रहेको छ भने वजन २८ किलो रहेको छ ।

कोरोनाको संक्रमण बढेका कारण बाङ्लादेशमा देशव्यापी लकडाउन गरिएको छ । लकडाउनकै बीच पनि रानी नाम गरेको अनौठो गाईलाई हेर्न १५ हजारभन्दा बढी मानिस बंगलादेश पुगिसकेका छन् ।

राजधानी ढाका नजिकै च्यारीग्राम भन्ने स्थानमा रहेको गाई फार्ममा दिनदिनै सानो गाई हेर्नेको भीड बढिरहेको छ । फार्मका व्यवस्थापकले संसारकै होचो गाईका रुपमा रानीको रेकर्ड कायम गर्न गिनिज बुक अफ वल्ड रेकर्डमा आवेदन दिएका छन् ।

आगन्तुकहरुले आफ्नो जीवनमा यस्तो सानो र अनौठो गाई कहिल्लै नदेखेको बताएका छन् । यस अघि गिनिज वल्ड रेकर्डमा संसारको होचो गाई भारतबाट ६१ दशमलब १ सेन्टिमिटर उचाईको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments