टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

मोरङ । मोरङको उर्लावारी नगरपालिका-४ पुर्व पश्चिम राजमार्गमा टिपरले मोटरसाईकललाई टक्कर दिंदा चालकको मृत्यु भएको छ ।

बिहान सवा छ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०२-०५२ प ४२४१ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आऊँदै गरेको प्रदेश ३-००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक सप्तरीको तेरहौता-५ का २८ बर्षीय निरज यादवको उपचारको क्रममा ट्रमा सेन्टर उर्लावारीमा मृत्यु भएको छ ।

टिपर र चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments