सरकारले गरेका राम्रा कामको प्रचार गर्ने जिम्मेवारी समाजवादी मोर्चाको होः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका राम्रो काम जनतामा स्थापित गराउने जिम्मेवारी समाजवादी मोर्चाको भएको बताउनुभएको छ ।

आफूले देशको पक्षमा धेरै काम गरेको दावी गर्दै प्रधानमन्त्री दाहालले त्यसलाई जनताको बीचमा लैजाने र स्थापित गराउने काम समाजवादी मोर्चाले गर्नुपर्ने बताउनुभएको हो । समाजवादी मोर्चा, नेपालले शुक्रवार पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एमालेप्रति संकेत गर्दै प्रतिपक्षले सरकार र सत्तारुढ गठबन्धनले गरेका राम्रा कामबारे बोल्न नचाहेकाले समाजवादी मोर्चाले जनताको पक्षमा गरेका कामको प्रचार गर्नुपर्ने बताउनु भयो । समाजवादी मोर्चा गठन भएयता आफू धेरै खुशी भएको प्रधानमन्त्री दाहालले भनाई थियो । प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा ठूल्ठूला उपलब्धि हासिल गरेपनि प्रतिपक्ष एमालेले संसदमा त्यसबारे आफूलाई बोल्न समेत नदिएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अब यी सबै कुरा भनिदिने कसले भन्ने थियो मलाई । अहिले समाजवादी मोर्चा बनाएपछि खुशी छु म । हामीले सबैले भन्न थालेका छौं अहिले । यी कामहरु राम्रा हुन् । राम्रा कामलाई राम्रो भन्न प¥यो । र, हामीले जो दोषी छन् । दोषीलाई नछोडने, निर्दोषलाई छुनै नपरोस् । मैले तपाईहरुले सुन्नुभएको छ । मानिसहरुले धेरै चलखेल गर्न खोजेका थिए । त्यो कथा भन्यो भने अहिले धेरै छ । म त्यतातिर जान्न । अनेकखालको चलखेल, जालझेलहरु छन । त्यत्रो ठूल्ठूला कामहरु भए इण्डिया गएको बेलामा । तपाईहरुले सदनमा हेर्नु भएको भए मलाई सकेसम्म एकथरी साथीहरुले बोल्नै नदिने । मैले यो गरेर आएको छु भन्न पनि नदिने । र, गरेको त्यत्रो पावर ट्रेड एग्रिमेन्ट भएको छ । त्यो सुन्नै नचाहने । त्यत्रो सीमाको समस्या समाधान गर्ने कुरा भएको छ । त्यो सुन्नै नचाहने । पञ्चेश्वरको त्यत्रो परियोजना अगाडि बढ्दैछ । त्यो भन्नै नदिने । बोल्नै नदिने, होहल्ला गर्ने । तपाईहरुले सुन्नुभएको होला, देख्नु पनि भयो होला । अनि, त्यो सबैलाई के माकेन्द्रित गने भने मुर्रा लिएर आएको छ भनिदिने । त्यसमा मलाई बदनाम गर्न खोजियो । त्यसकारण कमरेडहरु मैले के भन्न चाहन्छु भने हाम्रा बिरोधीेले कुरा राम्रो ग¥यो सरकारले । सत्ताले, राम्रो ग¥यो यो सत्तावाला गठबन्धनले, गठबन्धनका नेताहरुले । प्रधानमन्त्रीले साँच्चै देशको पक्षमा धेरै पो काम गरेको रहेछ भनेर उनीहरुले त भनि दिँदैनन् । उनीहरुले त जनतालाई त खत्तम पा¥यो देशलाई मात्रै भनिरहन्छन् । यो लैजाने जिम्मा तपाई हाम्रै हो । हामीेले जनतालाई बुझाउने, जनताको बीचमा स्थापित गर्ने जिम्मा हाम्रै हो ।’

प्रधानमन्त्री दाहालले प्रतिपक्ष एमालेले आफूले देशलाई बर्बाद पारेको भनेर नेगेटिभ कुरा मात्रै गर्ने गरेको पनि दोहो¥याउनु भयो । उहाँले केही दिन भित्रै नेपालको इतिहासकै सबैभन्दा ठूलो जलविद्युत परियोजना कर्णाली–चिसापानी जलविद्युत परियोजनाको अध्ययन कार्य सरकारले अघि बढाउने घोषणा समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments