सुत्केरी समयमा आगोले जलेकी सलिनाको उपचारका लागि आर्थिक सहयोग अपिल

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका वडा नम्बर ६ स्यागु कि सलिना मगर तामाङ लाई यति बेला सहयोगको खाँचो परेको छ । उनको आगोमा परि शरीरको ५० प्रतिशत भाग जलेको छ । करिव सात महिना अगाडि उहाँ सुत्केरी अवस्थामा हुनुहुन्थ्यो । त्यही बेला उहाँ लुगा सुकाउन लाग्दा आगोमा जल्न पुगेकि थिइन् । सलिना दुई सन्तानको आमा हुन् ।

तत्काल उहाँको उपचारको लागि कीर्तिपुर लगिएको थियो । कीर्तिपुर मा उपचार गराउँदै गर्दा शरीरमा केही सुधार त हुँदै थियो तर आर्थिक अभावको कारण उहाँहरु घर फर्काउन बाध्य हुनुभयो । आर्थिक स्रोत जुटाउन नसके पछि सलिनाको परिवार सलिना लाई लिगेर नुवाकोट आएको करिव सात महिना पछि हिजो फेरि काठमाडौंमा रहेको वीर अस्पतालको ट्रमा सेन्टरमा पुर्याएका छन् ।
सलिना आफ्नो आगोले जलेको शरीर लाई हेर्दै टोलाउछिन् । अब फेरि कहिले पहिलेको जस्तै उठेर हिड्न सक्छु होला ! मेरा साना कलिला बच्चाहरु को भबिस्य अब के होला ? सलिना बेला बेला भन्ने गर्छिन् – अब म त बाच्दिन होला मेरो भन्दा पनि बचचाहरुको चिन्ता गर्नु….. !

यति बेला सलिना लाई बचाउनको लागि परिवारले सहयोगको लागि अपिल गरेका छन् । सामाजिक संजाल फेसबुक मार्फत अहिले केही सहयोग जुटेको छ । केही सहयोग जुट्ना साथ अहिले सलिनाको थप उपचारको लागि परिवारले वीर अस्पताल पुर्याएका छन् । देश तथा बिदेशमा रहेका सहयोगी भावना बोकेका नेपालीहरु ले सहयोग गरिरहेका छन् । तपाईं पनि सहयोग गर्नको चाहानुहुन्छ भने
सलिनाको बुबाको खाता – कुल बहादुर थापामगर ( KUL BHADUR THAPA MAGAR )
सानिमा बैंक खाता नम्बर : 089011010000227
सुक्र बहादुर लामा (ससुरा) फोन नम्बर – 9860157713