बझाङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निट्यूडको भूकम्प

१६ असोज, काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पबाट के कस्तो क्षति भयो भन्ने बिवरण प्राप्त भएको छैन । भूकम्पको धक्का पश्चिम नेपालका अन्य जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

यसैगरी काठमाडौ,चितवन,हेटौडा,नुवाकोट,सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा पनि ३ बजेर ८ मिनेट जाँदा अर्काे भूकम्पको धक्का महसुस गरिएको थियो । यो बिगतका भूकम्पको पराकम्प भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments