दुधौरा पुल निर्माणकाे भुक्तानी नपाएसम्म थप काम अघि नबढाउने निर्माण कम्पनीको चेतावनी

बारा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सम्पन्न कामको रकम भुक्तानीको लागि सरकारसँग पहल गरिदिन सार्वजनिक अपील गरेको छ । ठेकेदार कम्पनी महादेव/खिम्ती/हीराचन जेभी काठमाडौंले निर्माणस्थलमा होडिङ्ग बोर्डमा सूचना लेखेर निर्माण पूरा भएको कामको भुक्तानी दिलाउने काममा पहल गरिदिन सरोकारवालाहरुसँग आग्रह गरेको हो ।

सूचनामा ‘यस पुल निर्माण कार्य सम्पन्न भइसकेको बिलको भुक्तानी बजेट अभावको कारण प्राप्त हुन नसकेता पनि यस जे.भी.ले निरन्तर र नियमित निर्माण कार्य गरिहेकाले सम्बन्धित सरोकारवाला पक्षहरुलाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न भुक्तानीको लागि पहल गरिदिनु हुन अनुरोध गर्दछौँ’ भनिएको छ ।

समयमै भुक्तानी नपाएको कारण देखाउदै कम्पनीले हाल निर्माणको कामसमेत रोकेको छ । ठेकेदार कम्पनीका सञ्चालकले भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसक्ने जनाकारी दिए ।  सम्झौताअनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ५६ प्रतिशतमात्रै काम पूरा भएको हो । सञ्चालकले सरकारले समयमै भुक्तानी गरे चालु आर्थिक वर्षमै पुलबाट आवतजावत मात्रै गर्नसक्ने गरी काम सम्पन्न गर्ने बताए ।

ठेकेदार कम्पनीले गत आर्थिक वर्षसम्म सम्पन्न गरेको ५६ प्रतिशत काममध्ये ५० प्रतिशत कामको अर्थात् करिव ५ करोड भुक्तानी लिइसकेको छ भने बाँकी रकम भुक्तानीका लागि सहयोग गरिदिन निर्माण क्षेत्रमै सार्वजनिक सूचना टाँस गरेको हो ।

ठेकेदार कम्पनीका इन्जिनियर अजय झाले पुलको पाईल गर्दा डिजाईन परिवर्तन गर्नुपर्ने देखिएकाले पुनः डिजाईन गर्न सडक विभाग अन्तर्गतका ५ वटा महाशाखाहरु मध्ये पुल महाशाखाले एक वर्ष लगाएको हुदाँ समेत समयमै निमार्ण सम्पन्न हुन नसकेको जानकारी दिए ।

ठेकेदार कम्पनीले आर्थिक वर्ष २०७४/२०७५ मा ठेक्का सम्झौता भएर पनि सडक विभागले समयमै बेलिबिज्र नबनाइदिएका कारण ३ वर्षसम्म काम सुरु गर्न नसकेको बताए । २०७९/०८० भित्र पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि आगामी असार मसान्तसम्म म्याद थप गरिएको छ ।

साविक पुलको पिलर दुई पटक भासिएपछि सडकको चौडाइसंगै दुई स्पानको ९० मिटर लम्बाइको पुल निर्माण गर्न पुरानो पुललाई पूर्णरूपमा भत्काएर १५ करोड १२ लाखमा नयाँ पुल निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा हुदैआएको ढिलासुस्तिले सो क्षेत्र भएर आवतजावत गर्ने सवारी र ढुवानीका साधनहरु समस्यामा पर्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments