बुद्धभूमि हाइड्रोपावरको नाफा ६१.४१ प्रतिशत घट्यो

काठमाडौ । बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ६१.४१% ले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ लाख ६२ हजार रुपैयाँमा सीमित भएको जनाएको छ ।

कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा भने ८२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो । बुद्धभूमिको विद्युत बिक्रीबाट आम्दानी बढेपनि प्रशासनिक खर्च र वित्तीय लागतमा वृद्धि भएपछि खुद नाफामा कमी आएको हो । यसअवधिमा विद्युत बिक्रीबाट ९ करोड ५४ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको ८ करोड ४८ लाख ४८ हजार रुपैयाँको तुलनामा १२.५४ प्रतिशत धेरै हो ।

प्रशासनिक खर्च ८४ लाख ५९ हजार रुपैयाँबाट बढेर १ करोड ३१ लाख रुपैयाँ पुगेको छ। वित्तीय लागत ३ करोड ५९ लाख ५६ हजार रुपैयाँबाट बढेर ५ करोड ५१ लाख ७ हजार रुपैयाँ पुगेको हो ।  खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित बनेको छ ।

 

प्रतिसेयर आम्दानी २.६० रुपैयाँले घटेर १.६३ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ ९१.८३ रुपैयाँ छ । यसको सेयर पुँजी ४० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments