सामुदायिक लघुवित्त ३ करोड ९९ लाख नोक्सानमा

काठमाडौं । सामुदायिक लघुवित्तले करिब ४ करोड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नोक्सानी व्यहोरेको छ । लघुवित्तलाई ३ करोड ९९ लाख ८९ हजार रुपैयाँको घाटा भएको छ ।

गत वर्ष पनि यस लघुवित्तले नोक्सानी व्यहोर्नु परेको थियो । जसअनुसार अघिल्लो वर्षको यसैअवधिमा यसको नोक्सानी ३१ लाख ७२ हजार रुपैयाँ थियो ।

यसैगरी सामुदायिक लघुवित्तको खराब कर्जा चुलिंदा यसको नोक्सानी अनुपात थप बढेको हो । साथै, खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा पनि नाफामा असर परेको हो । खुद ब्याज आम्दानी १९.०५ ले घटेर ३ करोड ४१ लाख ८० हजार रुपैयाँमा सीमित भएको छ ।

यसअवधिमा यसले १९ करोड २५ लाख ८८ हजार रुपैयाँ सञ्चालन नोक्सान व्यहोर्न परेको छ । गत वर्ष ९.०४ प्रतिशत रहेको खराब कर्जा यो वर्ष १४.६५ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ०८ पैसा ऋणात्मक छ । चुक्ता पुँजी १४ करोड ५२ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments