प्रतिबन्धित लागूऔषधसहित दुई जना कलैयाबाट पक्राउ

बारा । बारा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित निजगढका दुई जनालाई सोमबार कलैयाबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरुलाई लागूऔषधसहित कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटा चोकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल बस्ने २९ वर्षीय हेमबहादुर थापा र सोही ठाउँका आशिष तामाङ रहेका छन्।

वीरगञ्जबाट निजगढतर्फ आउँदै गरेको अवस्थामा उनीहरू सवार ना ५६ प ८७७१ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागि प्रहरीले रोकेर जाँच गरेको थियो।

सोही क्रममा लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा लागूऔषध ट्याब्लेट र इन्जेक्सनसहित उनीहरु पक्राउ परेका बाराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विरेन्द्रराज गुरुङले बताए।

उनीहरूको साथबाट डाइजेपाम ५६ एम्पुल, फेनारगन ५३ एम्पुल, नुरफिन ५३ एम्पुल र ट्रामानिल ५६ पत्ता (६५० पिस) बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरी बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments