लकडाउन वैशाख १५ सम्म

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको अवधि थप थरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले बैशाख १५ गतेसम्म लकडाउन र १८ गतेसम्म सीमा नाका बन्द राख्ने निर्णय गरेको हो।

चैत ११ गते पहिलो पटक लकडाउन घोषणा गरेको सरकारले तेस्रो पटक अवधि थप गरेको हो। दोस्रो पटक बैशाख ३ गतेसम्म लाई लकडाउन घोषणा गरेको थियो। यो अवधि सकिन लाग्दासम्म नेपालमा १६ जना कोरोना संक्रमित विरामी भेटिइसकेका छन्।

आजमात्रै काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना पुष्टि भएको छ। छिमेकी देश भारतले पनि आज मात्र लकडाउनको अवधि थप गरेको छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments