यी हुन् गर्मीमा उपयोगी १० तरकारी : जानिराखौ

सामान्यतया जाडो मौसमको तुलनामा गर्मीमा पाचनशक्ति कमजोर हुन्छ । त्यसैले, यो वेला खानपानमा उचित ध्यान दिन नसकेमा छिट्टै रोग लाग्ने सम्भावना रहन्छ । तरकारी भिटामिन, मिनरल्स र आवश्यक पौष्टिक तत्वको राम्रो स्रोत हो । कतिपय तरकारीले शरीरमा तापक्रम बढाउने काम गर्छन् । गर्मीमा बाहिरको तापक्रम बढी हुने गर्छ । यस्तोमा तापक्रम बढाउने तरकारी खाँदा तापक्रम नियन्त्रण गर्न गाह्रो हुन्छ । यसर्थ, गर्मी मौसममा सजिलै पच्ने र हलुका तरकारी उपभोग गर्नुपर्छ । त्यसका लागि यी तरकारी उपयोगी हुन्छन् ।

हरियो सिमी
हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ ।

भन्टा
भन्टा भिटामिन र खनिजको राम्रो स्रोत हो । यसमा उच्च मात्रामा फाइबर पाइने भएकाले यो पाचन पक्रियाका लागि लाभदायी हुन्छ । सिजनमा फलेको भन्टा नियमित सेवन गर्दा हाड तथा जोर्नीको समस्या हुने सम्भावना न्यून हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टको मात्राले गर्मीमा लाग्न सक्ने रोगबाटसमेत बचाउँछ ।

गोलभेँडा
गोलभेँडा जुनसुकै मौसममा खाँदा पनि स्वास्थ्यका दृष्टिकोणले राम्रो हुन्छ । गोलभेँडामा प्रशस्त पानी हुने भएकाले गर्मीका लागि उपयुक्त तरकारी हो । यसमा क्यालोरी ठिक्क मात्रामा (१ सय ग्रामको गोलभेडामा १८ प्रतिशत क्यालोरी) पाइन्छ । त्यसैले, यो हलुका तरकारीमध्येमा पर्छ । त्यस्तै, यसमा फाइबर र प्रोटिनसमेत पाइने भएकाले स्वास्थ्यका दृष्टिकोणले राम्रो हो ।


काँक्रो

प्रशस्त पानीको मात्रा हुने भएकाले काँक्रो गर्मीका लागि उपयोगी छ । त्यस्तै, काँक्रो भिटामिन र एन्टिअक्सिडेन्टको पनि राम्रो स्रोत हो । साथै, खनिज तत्वको मात्रा पनि भरपुर हुने भएकाले शरीरमा रहेका विशाक्त वस्तुलाई बाहिर निकाल्छ ।

फर्सी
फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।

लौका
लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।


भेडे खुर्सानी

भेडे खुर्सानी (क्याप्सिकम) भिटामिन सी को भण्डार हो । यसमा प्रशस्त मात्रामा क्यालोरी हुन्छ । यो जुनसुकै तरकारीमा मिसाएर खान सकिन्छ ।

गान्टेमुला
पातसहितको गान्टे मुलामा भिटामिन फाइबर पाइन्छ । जसले पाचन प्रक्रिया सहज बनाउँछ ।

भिन्डी
भिन्डीमा एन्टिअक्सिडेन्ट, फाइबरजस्ता पौष्टिक तत्व पाइन्छन् । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेहका बिरामीका लागी फाइदाजनक मानिन्छ । त्यस्तै, यसमा एक किसिमको एन्टिअक्सिडेन्ट हुन्छ, जसले तनाव व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ ।


करेला

स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments