पाँच रुपैयाँ किलोमा पनि बिकेन काउली

काभ्रे: राजधानी काठमाडौंको छिमेकी जिल्ला काभ्रेका किसान आफूले उत्पादन गरेका तरकारी बिक्री नभएपछि समस्यामा परेका छन् । लकडाउनपछि उत्पादित तरकारी बिक्री नभएको किसानहरुले जनाएका छन् । यसले गर्दा लगानीको ठुलो रकम खेर गएको उनीहरुको भनाई छ ।

यहाँ उत्पादित तरकारी काठमाडौं उपत्यकाका विभिन्न बजारमा जाने गरेकोमा लकडाउन पछि बजार बन्द भएकाले तरकारीको बिक्री ठप्प जस्तो भएको किसानहरुले जनाएका छन् ।

उत्पादित उपज बिक्री नभएपछि आम्दानी नभएको र यसले गर्दा अब लगाउने खेतिका लागि आवश्यक पर्ने मल, बिउ लगायतका सामान खरिद गर्नसमेत समस्या परेको बनेपा नगरपालिका ४ का किसान अष्टकाजी श्रेष्ठले बताए ।

उनले व्यवसायिक रुपमा काउली लगाएको तर लकडाउनका कारण पाँच रुपैया किलोमा समेत बिक्री नभएकाे बताए ।

‘यसपाली काउली लगाएको थिएँ । लकडाउनले गर्दा साह्रै मर्कामा परियो,’ उनले भने, ‘अघिल्लो वर्षहरुमा ४० रुपौयाँ किलोमा बेचिने काउली पाँच रुपैया किलोमा समेत बिक्री गर्न कठिन भएको छ ।’

‘ठेकेदारलाई काउली सित्तैमा लैजानुस काउली टिप्ने खेतालाको ज्याला दिनुस भन्दा पनि मानेन्’ उनले भने, ‘५ रुपैयाँ किलोमा बेचेर काउली टिप्ने खेतालालाई खाजा खुवाउन पनि पुग्दैन ।’

कतिपय किसानले उत्पादित काउली गाईलाई खुवाउन थालेको उनले जानकारी दिए ।

सोही स्थानका अर्का किसान सोवन कर्मचार्यले तीन रोपनी जग्गामा लगाएको काउली केही सित्तैमा बाँडेको, केही गाईलाई खुवाएको र केही मलमा हालेर कुहाएको बताए ।

‘केही साथीहरूले त ५ रुपैयाँ किलोमा पनि बिक्री गरे तर मैले त केही गाई बस्तुलाई खुवाएँ, केही सित्तैमा बाँडे र केही कुवाएर मल बनाए,’ उनले भने, ‘लकडाउनले त बिगा-यो मौसमले पनि साथ दिएन, काउली टिप्ने वेला भएपछि असिना परेर सबै कालो बनायो ।’

त्यसैगरी पनौती नगरपालिकामा मीना तामाङले जमिन भाडामा लिई गरेकाे च्याउले भाउ नपाउँदा न्युन मूल्यमा बिक्री गर्नु परेको बताइन् । प्रतिकिलो दुई सयमा बिक्री गर्नु पर्ने बेलामा किलोको एक सय रुपैया बिक्री गर्न बाध्य भएको उनले बताइन्।

उनले दैनिक एक सय ५० किलो च्याउ उत्पादन गर्दै आएको जानकारी दिइन । च्याउले भाउ नपाउदा जग्गाको भाडा तिर्न पनि नपुग्ने उनको भनाई छ ।

‘लकडाउनले गर्दा बजारमा च्याउ लान नपाउँदा न्यून मूल्यमा बिक्री गर्नु परेको छ,’ उनले बताईन्, ‘प्रति किलो दुई सयमा बिक्री गर्नु पर्ने च्याउ बल्ल बल्ल एक सय रुपैयाँमा बिक्री गर्न बाध्य भएको छु ।’

राजधानी काठमाडौं उपत्यकामा धेरै जनसंख्याको बसोबास भएको र धेरै तरकारी खपत हुने भएकाले छिमेकी जिल्ला काभ्रेमा धेरै किसानले व्यवसायिक रुपमा तरकारी खेति गर्दै आएका छन् ।यस पटक भने ती किसानहरुले आफ्नो उत्पादन बिक्री गर्न धेरै समस्या झेलिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments