कर्णालीमा स्याउको बिमा बढ्यो

जुम्ला , स्याउको बिमा गर्ने किसानको संख्या बढ्दै गएको छ । कृषकहरु व्यवसायिक स्याउ खेतीमा आकर्षित भएसँगै स्याउका बिरुवामा बिमा बढेको हो । कर्णालीका हिमाली जिल्लामा सरकारले स्याउलगायत कृषिजन्य सामग्रीमा निर्जीवन बिमा कार्यक्रम लागू गरेको छ । थोरै लगानीमा धेरै रकम प्राप्त हुने भएपछि किसान बिमातर्फ आकर्षित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्ला, मुगु र कालिकोटमा स्याउ बिमा कार्यक्रम लागू छ ।

यसवर्ष जुम्लामा ९ सय किसानले ५० हजार, मुगुमा तीन सय किसानले १९ हजार र कालिकोटमा तीन सय कृषकले २६ हजार स्याउका बिरुवाको बिमा गरेको बिमा कम्पनीको तथ्यांक छ ।

जुम्लाको पतारासी गाउँपालिकामा सबैभन्दा बढी किसानले स्याउका बिरुवाको बिमा गरेका छन् । बिमाका फाइदाबारे सचेतना बढ्दै गएपछि पछिल्लो समय किसानको संख्या बढिरहेको बिमा सहजकर्ता लक्षिराम महतले बताए । उनका अनुसार थोरै लगानीमा धेरै प्रतिफल पाइने भएपछि बिमामा सबैको आकर्षण बढिरहेको छ ।

लकडाउका कारणले धेरै किसान आफ्नो बगैचामा रहेका स्याउको बिमा गर्नबाट वञ्चित रहेको शिखर इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक ऋषिराम पाण्डेले बताए । किसानले सम्पर्क गरे पनि लकडाउनमा बैंक नखुल्दा र मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान नपाउँदा बिमा कार्यक्रम रोकिएको उनले जानकारी दिए । कम्पनीका अनुसार एकजना किसानले एकदेखि सात सय बिरुवासम्मको बिमा गरेका छन् । निर्जीवन बिमा कार्यक्रममा सरकारले ७५ र बिमितले २५ प्रतिशत रकम भुक्तानी गर्ने व्यवस्था गरिएको छ ।कान्तिपुर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments