माछा किसानले उपभोक्ताको घरघरै पुर्‍याउन थाले जिउँदो माछा

बारा: बाराका माछा किसानले जिउँदो माछा उपभोक्ताको घरघरै पुर्‍याउन थालेका छन् ।

‘लकडाउन’का कारण यतिखेर हाटबजार बन्द छन् । यसैले यहाँका किसानले आफ्ना उत्पादन उपभोक्ताको घर–आँगनमै पुर्‍याउन थालेका हुन् ।

किसानले सोझै उपभोक्ताको आँगनमै माछा पुर्‍याएपछि बिचौलियाको हालिमुहालीसमेत अन्त्य भएको छ ।

उपभोक्ताले सस्तोमा खरिद गर्न पाएको अनुभव गरेका छन् भने किसानलेसमेत अघिपछिभन्दा राम्रो मूल्य पाएको बताएका छन् ।

लकडाउनमा पनि कृषि उत्पादनको बिक्री–वितरणलाई सहज वातावरण बनाइएसँगै यहाँका माछा सिमरा, पथलैया, जितपुर, निजगढलगायत स्थानका उपभोक्ताको घरघरै पुग्न थालेको हो ।

नेपाल मत्स्य व्यवसायी संघ बाराका पूर्वअध्यक्ष जंगबहादुर साहले लकडाउनपछि पनि देशभर घरघरै जिउँदो माछा बेच्ने संघले सोच बनाएको बताए ।

माछा ‘सुपर जोन’को रुपमा घोषणा गरिएको बारा जिल्लामा उत्पादित माछाहरु देशभर र सीमावर्ती भारतीय बजारमा समेत बिक्री हुँदै आएका छन् ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments