राजस्थान र मध्य प्रदेशको बाली सखाप पारेर सलह झाँसीमा प्रवेश

पछिल्लो समय कृषि क्षेत्रलाई तहसनहस गर्ने सलह अफ्रिकी मुलुकबाट पाकिस्तान हुँदै अहिले भारतमा रजगज मच्चाई रहेको छ ।

भारतको राजस्थान र मध्य प्रदेशको धेरै क्षेत्रहरूमा बाली नष्ट गरेर सलह उत्तर प्रदेशको झाँसीमा प्रवेश गरेको जनाइएको छ ।

झाँसी जिल्ला मजिस्ट्रेट अन्द्र वाम्सीले समाचार एजेन्सी एएनआईलाई भनेका छन , सलहको टोली राजस्थानबाट झाँसी आइपुगेको छ, हामीले देख्यौं कि यो टोली नदीको वरिपरि बढी सक्रिय छ, यसले तरकारी बालीमा क्षति र्पुयाइरहेको छ। ’

केन्द्रीय सरकारको सलह पार्टी चेतावनी संगठनले सलहले अर्को आक्रमण गर्ने चेतावनी समेत दिएको जनाइएको छ। यस वर्ष भारतमा पहिलो सलहको आक्रमण ११ अप्रिलमा राजस्थानको गंगानगरमा भयो। ती सलहहरु पाकिस्तानबाट भारत प्रवेश गरेका थिए। राजस्थानमा सलहले रूखहरुमा निकै क्षति र्पुयाएको जनाइएको छ ।

जयपुरको मुरलीपुरा र विद्यासागर शहर इलाकामा मानिसहरूले पर्खाल र रूखहरूमा बसेका सलहलाई भगाउनका लागि थाल ठट्टाइएको बताइएको छ। यो सलह आइतबार नागौरबाट जयपुर पुगेको थियो । त्यसपछि सोमबार दौसामा पुग्यो र अहिले यो झाँसी वरपर रहेको जनाइएको छ ।

राजस्थानका कृषि मन्त्री लालचन्द कटारियाले सलहबाट प्रभावित भएको क्षेत्रको भ्रमण गरेर किसानहरूसँग भेट गरेको बताइएको छ । भारतीय कृषि विभागका निर्देशकका अनुसार भारतमा २०० टोलीले यो सलहमाथि अनुगमन गरिरहेका छन्।सलहको बिरूद्धको अभियानमा फायर ब्रिगेड पनि प्रयोग भएको छ। एजेन्सी

सम्बन्धित समाचार
के हो सलह किरा ? नेपालका यसको प्रकोपको सम्भावना

नेपाली किसानसामु अब अर्को भयावह चुनौती

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments