पहाडी जिल्लामा पनि भेटिए सलह, नियन्त्रण योजना बनाउन कृषि मन्त्रिसहित विज्ञ समूहको बैठक बस्दै

काठमाडौं: तत्काललाई संकट टर्यो भनिएको बालीनाशक सलह कीरा शनिबार भारतबाट नेपाल प्रवेश गरेपछि यसको नियन्त्रण गर्ने सम्बन्धमा आज विज्ञहरुको बैठक बस्दैछ ।

यसअघि सलह नेपाल प्रवेश नै नगरी कृषि मन्त्रालयले नेपाल प्रवेश गरे यसको सवाधान कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन कार्यदल गठन गरेको थियो । सोही कार्यदलले यसको अनुशन्धान गर्ने भनिएतापनि आज कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सहितको सम्मेलित टोलीको बैठक बसिरहेको बताइएको छ ।

नेपालमा सर्बप्रथम शनिबार (हिजो) भारतको सीमावर्ती ३ जिल्लाहरु बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको हो । यसअघि भारतमा सलह कीरा ठूलो समुहमा भित्रिए पनि नेपालमा यसको प्रवेश तत्काललाइ टरेको बताइएको थियो । तर शनिबार भारतीय भूमि हुँदै उक्त कीरा बाराको डुमरवाना, पर्साको पर्सागढी र सर्लाहीको नलवपुर लगायतका क्षेत्रमा प्रवेश गरेको केन्द्रले जनाएको थियो ।

त्यस्तैगरी आज आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ । पूर्वदेखि पश्चिम बहिरहेको हावा पछिल्लो केही दिनयता दक्षिण देखि उत्तरतर्फ बहेकाले भातरमा आएका सलहको झुण्ड तिरबिर भएर नेपाल प्रवेश गरेको विज्ञहरुको भनाइ छ । शनिबारबाट मात्रै नेपाल प्रवेश गरेको सलहले नेपालमा के कति क्षति पुर्यायो भन्नेबारेमा मन्त्रालयसँग कुनै तथ्याङ्क भने रहेको छैन् ।

६० वर्ष पहिला काठमाडौं उपत्यकामा सलह भेटिएको जानकारहरु बताउछन् । तर त्यो समयमा पाइएका भन्दा अहिले भारतबाट प्रवेश गरेको सलह २० गुण ठूलो रहेको छ । फट्याङ्ग्रा प्रजातीमा पर्ने सलह एक बालीनाशक कीरा हो । सलह कीराले बिरुवाका पात, फल, बिरुवाको हाँगा खाएर बोट नै सखाप पार्ने गर्दछ ।

सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् । यीनीहरु करोडौंको संख्यामा हुल बजनाएर जता हावा वहन्छ त्यतै उड्ने कीरा हुन् ।

भारत हुँदै बारा र सर्लाहीबाट नेपाल प्रवेश गरेको सलह किराको झुण्ड छरिएर मुलुकका विभिन्न स्थानमा पुगिसकेको अनुमान गरिएको छ । आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ ।

यसअघि कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको विवरण २३ जेठमा सार्वजनिक भएको थियो । पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको रिपोर्टमा भनिएको थियो ।

बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको बेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्त न्यून रहेको समितिको निष्कर्ष थियो । तर, रिपोर्ट सार्वजनिक भएको २० दिनपछि नेपालमा सलह किरा भेटिएको हो ।

नेपालमा यस किराले कति क्षति पुर्‍यायो भन्ने विवरण सार्वजनिक भइसकेको छैन । नेपालमा ६० वर्ष अघि सन् १९६० मा पनि काठमाडौं उपत्यकामा सलह किरा देखिएको थियो ।

सलह:
के हो सलह किरा ? नेपालका यसको प्रकोपको सम्भावना

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments