नेपालमा सलह(Locust) किराको प्रवेश

काठमाडौँ, नेपालमा सलह(Locust) किरा प्रवेश गरेको छ । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताएका छन् ।

शनिबार बिहान प्रदेश २ का बारा, पर्सा र सर्लाहीमा सलह देखिएका छन् । नेपाली वैज्ञानिकहरुका अनुसार दुईतीन अघि भारतको बनारस हुँदै गोरखपुरमा सलह देखिएको थियो । त्यसपछि सर्लाही, बारामा देखिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद्का कीट वैज्ञानिक सुनिल अर्यालले दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको बताए । मनुसुनको बेला पूर्वबाट पश्चिमतिर हावा बहने गरे पनि दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल आइपुगेको कृषि वैज्ञानिकहरुले अनुमान गरेका हुन् । यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्‍ने बताएका थिए ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको सलह किराको व्यवस्थापनका लागि गठित टास्क फोर्सका संयोजक सहदेव हुमागाईंले प्रदेश २का जिल्लाहरुमा सलह देखिएको बताउँदै अहिले पहिचान गर्ने काम भइरहेको बताए ।

प्राविधिक टोलीले अहिले फिल्डमा गएर सलहको पहिचान गर्ने काम गरिरहेको छ । हुमागाईंका अनुसार प्राविधिक टोलीहरुले पठाएको तस्बिरका आधारमा हेर्दा नेपालमा देखिएका सलह वयस्क होइनन् । उनले भने, ‘हाम्रो प्रारम्भिक अनुसन्धानका अनुसार अहिले भेटिएका लोकस्टहरु मरुभूमिमा पाइने पहेंलो होइनन् । अहिले अपरिपक्व वयस्क गुलाबी रंगका लोकस्ट भेटिएका हुन् ।’

गुलाबी रंगका यी सलह मरुभूमिमा पाइनेजस्तो धेरै खन्चुवा नभएको बताउँदै नआत्तिन आग्रह गरेका छन् । उनले भने, ‘मरुभूमिमा पाइने पहेंलो लोकस्ट भेटियो भने पनि नेपालमा धेरै लामो समयसम्म बस्दैन । फूल पार्न नेपालमा मरुभूमिको जस्तो जमिन हुँदैन । आज बिहान पनि पानी परेको छ । त्यो भएको हुनाले ब्रिडिङ हुने सम्भावना छैन ।’

कीट विज्ञान महाशाखाका कीट वैज्ञानिक एवं प्रवक्ता सुदीप उपाध्यायले अहिले विज्ञ टोलीले अध्ययन गरिरहेको बताए । प्रारम्भिक अनुसन्धानका क्रममा झुन्डबाट छुट्टिएर आएका सलह भएको उनले बताए । उनले भेटिएका सलह टुक्रिएर आएको र नआत्तिन आग्रह गरे ।कान्तिपुर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments