जालो बनाउने कीरा लाग्दा स्याउ फलेन, किसान चिन्तित

सिमकोट, यसपाली बारीमा लटरम्म फल्नु पर्ने स्याउ नफलेपछि किसानहरु चिन्तित हुनु भएको छ । स्याउँका बोटमा दाना लाग्ना लागेका बेला जालो बनाउने किरा (गबारो) लागेपछि स्याउ नफल्दा किसान चिन्तित भएका हुन ।

तीनसस पचार बोट स्याउ लगाउनु भएका सिमकोट गाउँपालिका वडा नम्बर ४ का अगुवा किसान जंगबहादुर शाहीले स्याउ राम्रो नफलेको बताउनुभयो । स्याउबाट राम्रो कमाई गर्नुहुने शाहीले अमिलो स्वादका स्याउ बाहेक अन्य बोटमा स्याउ दुई चार दाना मात्र फलेको देख्दा चिन्ता थपिएको बताउनुभयो । स्याउबाट वार्षिक पाँच देखि सात लाख कमाई गर्ने शाहीलाई यसपाली कमाई नहुने चिन्ता लागेको छ ।

यता सिमकोट गाउँपालिका वडा नम्बर ६ का शक्तिसिंह रावतले कुनै पनि बोट स्याउका दाना नलागेको र बोटमा कीरा मात्र देखिएको बताउनुभयो । स्याउबाट राम्रो कमाई गर्ने रावतले बोट हेर्दा पनि वाक्क लाग्न थालेको छ ।

फुल फुल्दा राम्रोसँग फुलेका बोट हेर्दा यसपाली स्याउ राम्रो फल्ने विश्वास लिनु भएका शाहीले अहिले खाली बोट हर्दा कीराले खत्तम पारेका भान हुन थालेको छ । गाउँपालिका र कृषि बिकास कार्यालयमा उपचारका लागि खबर गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो उहाँले गर्नुभयो । यो पीडा हुम्लाका दुई प्रतिनिधि मात्रको मात्र नभएर सिंगो स्याउ किसानको रहेको छ ।

जिल्ला भरिका स्याउमा जालो लगाउने कीरा लागेको जिल्ला कृषि विकास कार्यालयमा प्रमुख चन्द्रभुषण झाले बताउनुभयो । जिल्ला भित्र स्थलगत रुपमा जाँदा पनि सबैतिर स्याउका बोटमा उक्त कीरा लागेको बताउँदै प्रमुख झाले उपचार पनि कठिन भएको बताउनुभयो ।

हुम्लामा ५४० हेक्टर जमिनमा स्याउ खेती गरिएको र त्यसमा रेड, गोल्डेन डेलिसिय, चक्लेटी, जोनाथन जातका स्याउका बोटहरु लगाइएको कार्यालयले जनाएको छ ।गोरखापत्र

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments