फलफूलका बिरुवा निःशुल्क वितरण गर्दै बेलबारी नगरपालिका

बेलबारी नगरपालिकाले कृषकलाई व्यावसायिक फलफूल खेतीमा प्रोत्साहन गर्ने उद्देश्यका साथ मेवा, केरा, सजिउन तथा कागतीका बिरुवा वितरण गरेको छ । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यका साथ नगरपालिकाले निःशुल्क बिरुवा वितरण गरेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषकलाई टिस्युकल्चर प्रविधिबाट उत्पादन भएका बिरुवा वितरण गरेको हो ।

टिस्युकल्चर प्रविधिबाट उत्पादन भएका बिरुवाले उत्पादन राम्रो दिने तथा लामो समयसम्म टिक्ने नगरपालिका कृषि शाखाका प्रमुख विनोद दाहालले बताए । नगरपालिकाले कृषकलाई ४ हजार ६ सय मेवा, ८ हजार केराका बिरुवा वितरण गरेको छ भने १ हजार १ सय कागती, १५ सय सजिउनका बिरुवा वितरण गरेको छ । नगरपालिकाले १५ हजार २ सयभन्दा बढी कृषकलाई बिरुवा वितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments