कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न निर्देशन : गृह मन्त्रालय

काठमाडौं :गृह मन्त्रालयले तरकारी नष्ट नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

सोमबार कास्कीमा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएको थियो भने कपिलवस्तुबाट अर्घाखाँची लगेको तरकारी पनि सीमा क्षेत्रमा नै रोकिएको थियो ।

यसको चौतर्फी विरोध भएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेको थियो । स्वदेशी उत्पादन नष्ट गर्नेमाथि कारबाही गर्नुपर्ने मन्त्रालयको जोड थियो ।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न समेत निर्देशन दिएको छ । साथै तरकारीलाई निर्वाध रुपमा बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन भनिएको गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments