लकडाउनको कारण देखाउँदैं भारतले सवारी प्रवेशमा रोक लगाएपछि कृषिजन्य वस्तु निर्यात ठप्प

झापौं । भारतको पश्चिम बंगाल सरकारले लकडाउनको कारण देखाउँदै सवारी प्रवेशमा रोक लगाएपछि निर्यात हुने कृषिजन्य वस्तु पूर्वी नाका काँकडभिट्टामा नै रोकिएको छ ।

नेपाल–भारतमा लकडाउन खुकुलो हुँदै गएपनि कृषिजन्य उत्पादन लामो समयदेखि निर्यात हुन नसक्दा कृषक तथा व्यवसायी मर्कामा परेका हुन् ।

पूर्वी नाका काँकडभिट्टाबाट ठूलो परिमाणमा निर्यात हुँदै आएको चिया, अदुवा, अलैँची लगायतका सामानको निकासी लकडाउनका कारण लामो समयदेखि ठप्प छ ।

कोरोना भाइरस नियन्त्रणका लागि नेपाल र भारततर्फ लकडाउन भएका कारण झापा, इलाम, पाँचथर, ताप्लेजुङ्गका कृषकका उत्पादन व्यवसायीले पूर्वको काँकडभिट्टा–पानीट्याङ्की नाकाबाट निर्यात गर्न पाएका छैनन् ।

लकडाउन खुकुलो भएपनि कृषिजन्य उत्पादन पूर्वी नाका काँकडभिट्टाबाट निकासी हुन सकेको छैन

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments