कफीबाटै दुई वडाका किसानले लिए तीन करोड आम्दानी

मधुसुधन तिमल्सिना
काभ्रे:
जिल्लाको विकट खानीखोला गाउँपालिकाका दुई वडाका किसानले कफी खेतीबाटै वार्षिक तीन करोड आम्दानी लिन थालेका छन् । खासै उब्जनी नहुने पाखाबारीमा लगाइएको कफीबाट वडा नं. ६ साल्धारा र वडा नं. ७ मिल्चेका किसानले तीन करोड आम्दानी लिन थालेको हुन् ।

यहाँ उत्पादित कफी जापान, युरोपियन मुलुकहरूका जान थालेपछि स्थानीयले कफी खेतीलाई विस्तारसमेत गरिरहेका छन्् । मर्क, कोदो, फापर हुने बारीमा अहिले कफीले भरिएका छन् । यहाँको मुख्य पेशा भने कै कृषि र पशुपलान रहेको छ । बन्दाबन्दीका कारण पशुपालनबाट विस्तापित हुने त्रासमा रहेका यहाँका किसान कफी खेतीले राम्रो बजार पाएपछि मख्ख छन् ।

खानीखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मानबहादुर गोले दुई वडाबाटै तीन करोड रुपियाँभन्दा बढीको कफी बिक्री भएको बताउनुहुन्छ । उहाँका अनुसार पाँच सय जना किसानले अहिले कफी खेती गर्न थालेका छन् । बजारको समस्या नरहेको र मूल्य पनि राम्रो पाएपछि मकै, कोदो, फापर हुने बारीमा किसानले कफी विस्तार गर्न थालेको वडा अध्यक्ष गोलेको भनाइ छ ।

खानीखोला गाउँपालिका वडा नंं. ७ मिल्चेका किसान नेत्रबहादुर घिसिङले बारीभरि नै मकै, कोदो, फापर लगाउँदा मुस्किलले २०-२५ हजारको फल्ने बारीबाट अहिले तीनदेखि पाँच लाख रुपियाँ एक किसानले कफीबाटै लिन थालेको बताउनुहुन्छ । यातायातको समेत राम्रो सुविधा नभएको यस क्षेत्रका किसानलाई नगदेबाली कफी खेती आम्दानीको दरिलो माध्यम भएको घिसिङको भनाइ छ । किसानले घरबाटै ५५० देखी ६०० रुपियाँ केजीमा कफी बेच्ने गरेको घिसिङले जानकारी दिनुभयो ।

किसानहरूको कफी खेतीप्रति आकर्षण बढ्दै गएपछि गाउँपालिकाले पनि प्रोत्साहन गर्ने नीति लिएको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले कफी खेती विस्तारका लागि पालिकाले कफीबाेटको पाँचदेखि १० रुपियाँसम्म अनुदान दिन लागिएको बताउनुभयो । पालिकाकै आर्थिक सहयोगमा साल्धारामा मात्र एक लाख ५० हजार कफीका बेर्ना राखिएको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत साल्धाराबाट पकेटक्षेत्र सुरुवात भएको छ । यो वर्ष खानीखोला गाउँपालिकाभरि नै कफीसँग सम्बन्धित कृषि फर्म बैठक बसेर खानीखोला कफी ब्लक समिति गठन गरिएको छ । गोरखापत्र अनलाइनमा समाचार छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments