गुजरातमा रोकिएको मल आयात अन्योलमै

भारतको गुजरातमा रोकिएको २१ हजार ५ सय टन युरिया आयातमा अझै अन्योल देखिएको छ । कोलकातामा रोकिएको २५ हजार टनमध्ये करिब ५ हजार टन भित्रिए पनि गुजरातमा रोकिएको मल आउने सुरसार नरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ‘परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासमार्फत पटकपटक कूटनीतिक पहल गरिरहेका छौं,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘छलफल सधैं सकारात्मक भनिए पनि प्रगति देखिँदैन । आयात हुन सकेन ।’ २१ हजार टन गुजरातको कान्डला बन्दरगाहमा रोकिएको छ ।

साल्ट ट्रेडिङले लकडाउनअघि नै दुबईस्थित मल्टी कमोडिटिज नामक कम्पनीमार्फत ओमनमा उत्पादित २१ हजार ५ सय टन युरिया खरिद प्रक्रिया अगाडि बढाएको थियो । अरू बेला कोलकातासम्म ल्याउने गरिए पनि यसपटक गुजरातको कान्डलामा उसले पुर्‍याइदियो । तर भारतले नेपाललाई तेस्रो मुलुक व्यापारका लागि कान्डला बन्दरगाह खुला नगरेका कारण त्यहाँ आइपुगेको मल रोकिएको हो ।

अवरोध भएपछि पराष्ट्र र वाणिज्य दुवै मन्त्रालयले कूटनीतिक पहल गरिरहेका छन् । तर पनि सफल हुन नसकेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । ‘कृषि मन्त्रालयको पत्र आएपछि भारतसँग औपचारिक र अनौपचारिक रूपमै कुराकानी भयो । गुजरातको बन्दरगाहका लागि अनुमति नभएकाले सिधै आयातमा टुंगो लागेन,’ उनले भने, ‘अब उच्च तहबाटै वार्ता गर्नु आवश्यक छ ।’

गुजरातमा रोकिएको मल तत्काल कोलकाता लैजाने सम्भावना छैन । किनभने कोलकाता बन्दरगाहमा रहेको करिब २० हजार टन आयात गर्न बाँकी नै छ । कोलकाता बन्दरगाहाका लागि चीनबाट थप ५० हजार टन आउने क्रममै छ । ‘यस हिसाबले अझै साढे २ महिना लाग्ने देखियो,’ ती अधिकारीले भने ।कान्तिपुर

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments