नेपालमा प्रवेश गरेका सलह कीराको बथान सानो रहेकाले आत्तिनु पर्दैन : कृषिमन्त्रि भुसाल

काठमाडौं: नेपालमा प्रवेश गरेका सलह कीराको बथान सानो रहेकाले नआत्तिन कृषि मन्त्रालयले अनुरोध गरेको छ । शनिबार (हिजो) पहिलो पटक बारा, पर्सा र सर्लाहीमा भारतबाट सलह कीरा प्रवेश गरेका थिए । त्यसको एकदिन नवित्दै आज पहाडी जिल्ला पाल्पा, मकवानपुर, सीन्धुलीमा पनि सलह कीरा फेला परेपछि कृषि मन्त्रालयले यसको रोकथाम र नियन्त्रणबारे छलफल गर्न विज्ञहरुसँगैकको बैठक बोलाएको थियो ।

कृषि मन्त्री घनश्याम भूसालसहित विज्ञहरुको टोलीले आज बिहान सलह किराको नियन्त्रण तथा रोकथामका लागि बैठक गरेका छन् । बैठकमा विज्ञहरुले नेपालमा प्रवेश गरेको सलह कीरा सानो बथानमा रहेको र अहिले ठूलो क्षति पुर्याइनहाल्ने भएकाले नआत्तिन परामर्श दिएको मन्त्री भूसालले बताउनुभयो । यद्यपि भारतमा यसको अत्याधिक ठूलो बथान सक्रिय रहेकाले नेपालमा पनि सजक रहन र गतिविधि निगरानी गरिने बताइएको छ ।

सलह राेकथाम नियन्त्रणका लागि कृषि मन्त्रालयले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग छलफल गरेर समाधानकाे निष्कर्ष निकाल्ने मन्त्री भूसालले बतायनुभयो । हाल नेपाल प्रवेश गरेका सलहबाट खतरा नरहेको तर भारतमा रहेका अन्य ठूलो बथान प्रवेश गरे संकट पार्न सक्ने खतरा रहेको कृषि मन्त्रालयको भनाइ छ ।

भारतमा रहेका ती ठूला सलहका बथान नेपाल आउँछ कि आउँदैन भनेर भारतको कृषि मन्त्रालयका अधिकारीहरु र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर ट्र्याकिङ गरिने समेत मन्त्री भूसाले बताउनुभयो ।

६० वर्ष पहिला काठमाडौं उपत्यकामा सलह भेटिएको जानकारहरु बताउछन् । तर त्यो समयमा पाइएका भन्दा अहिले भारतबाट प्रवेश गरेको सलह २० गुण ठूलो रहेको छ । फट्याङ्ग्रा प्रजातीमा पर्ने सलह एक बालीनाशक कीरा हो । सलह कीराले बिरुवाका पात, फल, बिरुवाको हाँगा खाएर बोट नै सखाप पार्ने गर्दछ ।

सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् । यीनीहरु करोडौंको संख्यामा हुल बजनाएर जता हावा वहन्छ त्यतै उड्ने कीरा हुन् ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments