दाङमा ४५ प्रतिशत धान रोपाइँ

दाङ: दाङ जिल्लाका विभिन्न स्थानमा रोपाइँ सम्पन्न भएको छ ।

मल र समयमै पानि परेकोले यो वर्ष समयमै रोपाइँ भएको हो ।

समयमै मल र पानी पाउँदा छिट्टै रोपाइँ गर्न पाएको खुशी भएका छन् ।

रोपाईमा काम गर्ने युवाहरु क्वारेन्टाइन बसेको हुँदा ट्याक्टरबाट काम गरेको कृषकहरुले बताएका छन् ।

दाङमा आजसम्म करिब ४५ प्रतिशत धान रोपाइँ भएको कृषी ज्ञान केन्द्र दाङले जनाएको छ ।

त्यसैगरी यस बर्ष कोरोना महामारीका कारण यस वर्ष खेतीपाती झन् बढ्ने अनुमान गरिएको छ ।

दाङमा विगतका बर्षहरुमा ३८ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा यस बर्ष भने करिब ४० हजार हेक्टरसम्ममा धान खेती हुने ज्ञान केन्द्रले जनाएको छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments