किसानलाई ट्रयाक्टर र औजार वितरण

दैलेख: नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले हाते ट्रयाक्टर तथा हिलो बनाउने र धान रोप्ने यन्त्र स्थानीय गहतारी फलफूल तथा कृषि सहकारी संस्थालाई हस्तान्तरण गरेका छन् । नगर प्रमुख रत्नबहादुर खड्काले कोरोना संक्रमणको जोखिम सँगै अब स्थानीयस्तरमै रोजगारी प्रवद्र्धनका लागि कृषिलाई नै प्राथमिकता दिएर आगामी बजेट तय गरिने बताउनुभयो ।

यस वर्ष समयमै पानी परेका कारण रोपाइँ गर्न धेरै सहज भएको र पानीका मुहान समयमै फुटेको कृषि विकास कार्यालयले जनाएको छ । दैलेख जिल्लाभर ६ हजार ५१७ हेक्टरमा धान खेती गरिँदै आए पनि सोमबारसम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिनुभयो । रासस

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments