कपिलवस्तु भित्रिएको सलह किराले बालीनालीमा क्षति पुर्‍यायो

कपिलवस्तु । कपिलबस्तुमा भित्रिएको सलह किराले बिभिन्न बालीनालीमा क्षति पुर्‍याएको छ ।

तीन दिनअघि ठुलो झुण्डमा भित्रिएको सहलले कपिलवस्तु नगरपालिका, बुद्धभुमी नगरपालिका र शिवराज नगरपालिकाका बिभिन्न स्थानमा बाली र तरकारी खेतीमा क्षति पुर्‍याएको हो ।

लकडाउनका कारण तरकारी बेच्न नपाएका किसानले लगाएको १० कठ्ठा बढीकोे तरकारीमा सलह किराले क्षति पुर्‍याएको हो ।

किसानहरु धान रोप्न व्यस्त रहेका बेला एकाएक आएका सलहको झुण्डलाई समयमै धपाउन नसक्दा किसानहरुको तरकारी नष्ट गरेको हो ।

यता जिल्लामा सलह प्रवेश गरेपनि केहि स्थानमा बाली नालीमा क्षति पुर्‍याएको र क्षतिको बिवरण संकलन भईरहेको कृषी ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख राम गोबिन्द आर्यले जानकारी दिनुभयो ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments