सखाप पार्‍यो सलहले ,लकडाउनले तरकारी बेच्न नपाएका किसानको पुर्पुरोमा हात

कपिलवस्तु: आइतबार जिल्ला भित्रिएको सलह कीराले कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकाका बिभिन्न स्थानमा बाली र तरकारी खेतीमा क्षति पुर्‍याएको छ ।

आइतबार साँझ ठूलो झुण्डमा भित्रिएको सहल कीराले बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा तरकारी खेतीमा क्षति पुर्याएको हो । प्रारम्भिक अनुमान अनुसार २० विगाह बढी क्षेत्रफलमा लगाएको तरकारी बाली नष्ट पारेको बताइए पनि क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ ।

लकडाउनका कारण तरकारी बेच्न नपाएका बुद्धभूमि नगरपालिका वडा नम्बर १० लोहरौलाका किसानले लगाएको करिब १० कठ्ठा बढी तरकारीमा सलह कीराले क्षति पुर्याएको छ ।

किसानहरु धान रोप्न व्यस्त रहेका बेला एकाएक आएका सलहको झुण्डलाई समयमै धपाउन नसक्दा केहि किसानहरुको तरकारी नष्ट पारेको बुद्धभूमि नगरपालिकाका कृषक कृष्णमोहन केवट बताउछन् ।

आइतबार एकाएक आएको सलह कीरा समयमै धपाउन नसक्दा स्थानीय कृषक लालबहादुर केवटको २ कठ्ठा जग्गाको क्षेत्रफलमा लगाएको बोडी र करेला लगायतका तरकारी नष्ट भएको छ ।

उनी जस्तै लोहरौलाकै अन्य किसानले लगाएको करिब १० कठ्ठा जग्गाको करेला, बोडी, मकै लगायतका बालीलाई सलहले नष्ट पारेका छन । लकडाउनका कारण सस्तीएको तरकारीको मूल्य केहि बढेका बेला सलह कीराले बाली नष्ट पार्दा आफुहरु समस्यामा परेको बुद्धभूमिका किसान बुद्धराम केवटको गुनासो छ ।

उनले अब आफुहरु पुर्पुरोमा हात लाएर बस्नु भन्दा अर्को विकल्प नरहेको दुखेसो पनि पोखे ।

यता जिल्लामा सलह प्रवेश गरे पनि केहि स्थानमा बाली नालीमा सामान्य क्षति पारेको प्रारम्भिक सूचना प्राप्त भएको र क्षतिको बिवरण संकलन कार्य जारी रहेको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख राम गोबिन्द आर्यले जानकारी दिनु भयो ।

आइतबार कपिलवस्तु प्रवेश गरेको सलह अझै बिभिन्न ठाउँमा रहेर क्षति पुर्याउने कार्य निरन्तर राखेको छ । न्युज 24 मा खबर छ।
मनोज श्रीवास्तव

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments