मौरी घार बेचेर लाखौँ आम्दानी

प्रतीक शर्मा
सल्यान:
मौरी घार बेचेरै कालीमाटी गाउँपालिका–१, लक्ष्मीपुरका बाल कुँवरले मनग्य आम्दानी गर्दैआउनुभएको छ । उहाँका अनुसार अघिल्लाे वर्ष ४९० घार बिक्री गरेरै उहाँले १७ लाख १५ हजार रुपियाँको कारोबार गर्नुभएको थियो ।

‘यो वर्ष छ सय घारको माग आएको छ’ कुवँरले भन्नुभयो, ‘एउटा घार तीन हजार पाँच सयका दरले बिक्री हुने गरेको छ ।’ यो वर्ष सल्यानमा माहुरी ब्लक कार्यक्रमले चार सय घारको माग गरेको स्थानीय मौरीपालक किसानहरूले पनि माग गरेका छन् । जसबाट २१ लाख रुपियाँभन्दा धेरैको कारोबार हुने अनुमान गरिएको छ ।

कोरोना भाइरसका कारण बन्दाबन्दी भएपनि मौरी घार निर्माणमा कुनै समस्या परेको छैन । मजदुरहरूलाई आफ्नै घरमा राखेकाले सङ्क्रमणको जोखिम नभएको बाल कुँवरको भनाइ छ ।

छ जनालाई रोजगारी

उद्योग सञ्चालक बाल कुवँरले मौरी घार बनाउन उद्यमले छ जनालाई रोजगारीसमेत मिलेको बताउनुभयो । उहाँका अनुसार छ जना मजदुरको पारिश्रमिक, घर खर्च, काठ किन्दाको खर्च गरी सबै कटाउँदा वार्षिक पाँचदेखि छ लाख रुपियाँसम्म बचत हुने गरेको छ ।

मौरी बस्ने घर मौरीघारको माग जाजरकोट, सुर्खेत र रुकुमबाट हुने गरेको छ । उहाँका अनुसार घार बनाउने व्यवसाय सञ्चालन गरेदेखि हालसम्मको अवधिमा १५ देखि २० लाख रुपियाँ आम्दानी हुने गरेको छ। घरपरिवारको पुरानो ऋण तिर्नुका साथै छोराछोरीको शिक्षादीक्षामा निकै सहयोग पुगेको छ ।

किसानहरू पछिल्लो समय मौरीपालन व्यवसायमा आकर्षित हुन थालेका छन् । सल्यानमा झन्डै तीन सयको हाराहारीमा किसानहरूले व्यावसायिक मौरीपालन गर्दैआइरहेको कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय, सल्यानका प्रमुख महेश आचार्यले कालीमाटी गाउँपालिकाको वडा न १, २, ३ र ४ वडालाई समेटेर माहुरी ब्लक र कुमाख गाउँपालिकामा मौरी पकेट कार्यक्रम सञ्चालन भइरहेको छ । सल्यानमा वार्षिक १८ देखि १९ मेट्रिक्टन मह उत्पादन हुने गरेको छ ।गोरखापत्र अनलाइनमा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments