महोत्तरी आइपुग्यो बाँदर धपाउने यन्त्र किसान हर्षित

राजकरण महतो

बर्दिबास : बाँदर आतंकले हैरान भएका महोत्तरीको बर्दिबास–३ का किसानहरु बाँदर धपाउने यन्त्र गाउँमा भित्रिएपछि हर्षित भएका छन् । राष्ट्रिय अविष्कार केन्द्र ललितपुरबाट गाउँका युवाहरुले नगरपालिकाको सिफारिसमा बाँदर धपाउने यन्त्र ल्याएका हुन् ।स्थानीय प्रशासनको उपस्थितमा यन्त्रलाई प्रयोग गरेर सार्वजनिक गरिएको छ ।

यन्त्र भित्रिएपछि किसानहरु धेरै खुसी भएको स्थानीय सोमप्रसाद दुलालले बताए । ‘बाँदरले त हामीलाई उठिबास नै लगाएको थियो । अब त दुःखबाट मुक्ति मिल्छ, भन्ने आशा छ ’उनले भने ।
खेतमा लगाएको बालीनाली बाँदर खाएर सखाप पार्दै आएको छ । वडा अध्यक्ष राजन ढुङ्गानाले आवश्कता अनुसार टोलटोलमा बाँदर धपाउने यन्त्रको व्यवस्थापन गरिने जानकारी दिए ।अन्नपुर्ण पोस्टमा खबर छ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments