मुस्ताङमा चौथो पटक भित्रियो सलहको झुन्ड

जोमसोम, हिमाली जिल्ला मुस्ताङमा पुनः चौथो पटक सलह किराको ठूलो संख्यामा समूहगत झुन्ड/झुन्ड देखा परेको छ ।यसअघि ३ पटकसम्म मुस्ताङमा सहल किरा प्रवेश गरेको थियो । सलहको झुन्ड मंगलबार र बुधबार मुस्ताङको आकाश ,खेतबारी र गाउँबस्तीमा देखा पर्‍यो ।

सलह किरा तराई र पहाडि क्षेत्रका विभिन्न स्थानमा प्रवेश गरी अन्नवाली सखाप पारेको अवस्थामा चिसो मौसमी वातावरण भएको स्थान हिमालसम्म सलह फैलिएको र त्यो झुन्ड उत्तरतर्फ गएको जोमसोमका स्थानीयले बताएका छन् । सुरुवाती चरणमा आंशिक देखिएको सलह चौथो पटक भने ठूलो संख्यामा देखा परेको जोमसोमका स्थानीय अजित थकालीले जानकारी दिए ।

उनका अनुसार यसपटक मुस्ताङमा करिब ५ लाख भन्दा बढी सलह प्रवेश गरेको अनुमान गरे । मुस्ताङमा सलह किरा जोमसोमका आकाशमा अनियन्त्रित भएर उडेका देखिन्थे । सलहको झुन्ड मुस्ताङको सदरमुकाम जोमसोमलगायतका विभिन्न गाउँहरुको खेतवारीमा पसेर आलु ,फापर ,स्याउ र मकै जस्ता बर्खेबालीलाई आंशिक क्षति पुर्‍याएको स्थानीयले बताए।

समून्द्री सतहदेखि करिब २५ सय मिटरको अग्लो उचाईमा प्रवेश गरेका सलह किराको झुन्डलाई यहाँको भौगोलिक हावापानी तथा दक्षिण हावाको प्रभावसँगै असन्तुलित भएको भनाइ थियो। अघिल्लो पटक निकै अग्लो उचाईमा अनियन्त्रियत भएर उडेका सलह यसपटक भने जमिनको सतह देखि ५० मिटर देखि १०० सय मिटरका दुरीमा उडेको स्थानीयले बताए।

जोमसोममा मंगलबार र बुधबार सलह किरा बस्तीमै प्रवेश गरेपछि स्थानीयले हेर्न रुचिपूर्वक नियालेका थिए भने कोही सलह संकलन गर्नमै व्यस्त रहेको जोमसोमका अर्का स्थानीय प्रवेश तामाङले बताए ।

जोमसोममा चौथो पटक अन्नवाली भएको खेतबारी र जोमसोमको गाउँभित्रै प्रवेश गरेको उनले सुनाए । उनले आकाशमा उडेका सलह जमिनमा खस्दा केही शिथिल जस्ता देखिने गरेको उनले उल्लेख गरे । केही युवा तथा बालबालिकाको समूह सलह समातेर फोटो खिच्न् तछाडा÷मछाड देखिन्थ्यो ।

थासाङ गाउँपालिकाका कृषि संयोजक रामशरण सापकोटाले मुस्ताङमा प्रवेश गरेको सलह किराले आंशिक मात्र क्षति पुर्‍याएको बताए । उनका अनुसार छिमेकी जिल्ला म्याग्दीका विभिन्न भाग हुँदै सलह किरा चौथो पटक पनि मुस्ताङ प्रवेश गरेको बताए ।

मुस्ताङको थासाङको सिर्कुम,टिटी, लेते ,छयो ,घाँसा र ताक्लुङ ,घरपझोङको जोमसोम,ठिनी ,मार्फा र वारागुङ मुक्तिक्षेत्रको कागबेनी ,मुक्तिनाथ ,फल्याक र छुसाङ गाउँलगायतकामा देखा परेको उनले जानकारी दिए ।अन्नपूर्ण पोस्ट

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments