कालो धान, ड्राइगनका पर्याय पूर्वपर्यटनमन्त्री विष्ट

गोकर्ण पौडेल

तुलसीपुर: पटक/पटक मन्त्री भइसकेका व्यक्तिको हातमा गैती, फरुवा, हँसिया, कैँची हुन्छ । अचेल भने उहाँलाई ड्राइगन फलेका कारण बिक्री वितरणमै व्यस्त हुनुहुन्छ । फर्ममा आएका व्यक्तिहरूलाई ड्राइगनबारे जानकारी दिने, सेल्फी खिच्ने, फल टिप्न नै व्यस्त हुनुहुन्छ । उहाँ आफूलाई पूर्व मन्त्रीभन्दा एउटा किसानका रुपमा चिनाउन चाहनुहुन्छ । पूर्वपर्यटनमन्त्री लोकेन्द्र विष्ट कालो धान र ड्राइगनको पर्यायजस्तै बन्नुभएको छ ।

कालो धानबाट किसानी यात्रा सुरु गर्नुभएका विष्ट अचेल ड्राइगन फल खेती विस्तारमा व्यस्त हुनुहुन्छ । केही गरौँ, नयाँ गरौँ भन्ने सोच छ विष्टसँग तर त्यसका लागि आवश्यक रकम र जमिन पाउन कठिन रहेको विष्ट बताउनुहुन्छ ।

ड्राइगन खेती विस्तारका कारण दुई वर्ष कालो धानको व्यावसायिकरुपमा अघि बढाउन सक्नुभएको छैन । यो वर्ष बीउका लागि मात्रै कालो धानको खेती गर्नुभएको छ भने आगामी वर्षदेखि पाँच सात बिगाहा क्षेत्रफलमै कालो धानको व्यवसायिकरुपमै खेती गर्ने योजनामा हुनुहुन्छ । कालो धानको चामलको बजार मूल्य प्रति केजी पाँच सय रुपियाँ रहेको छ । यता ड्राइगनको मूल्य भने प्रतिकेजी सेतोको सात सय र राताको आठ सय रहेको छ ।

पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्टले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मैरवामा ६४ कठ्ठा जग्गामा रोपेको ड्राइगन फ्रुट पहिलो लटमा फलेको फल धेरै जसो सेवाग्राही बोट मात्रै हेरेर फर्किए । फर्मबाट उत्पादन भएका फलले बजार नपाउला भन्ने चिन्ता नै नरहेको विष्ट बताउनुहुन्छ ।

‘पहिलो पटक पाकेको फल किन्न आउनभुएका धेरैजसो सेवाग्राही रित्तो हात फर्कनुभयो । अब भने रित्तो हात फर्कनुपर्दैन । पहिलाभन्दा दोस्रो चरणमा फल बढी छ विष्टले भन्नुभयो ।’ बन्दाबन्दीका कारण फर्मभित्र मजदुरबाहेक अन्यलाई प्रवेश निषेध गरिएको थियो । पहिलो पटक तीन क्विन्टल बिक्री भएको थियो भने दोस्रो पटक पनि डेढ क्विन्टल बिक्री गरिसकेको विष्ट बताउनुहुन्छ । सात हजार बिरुवामध्ये तीन हजार बिरुवाले फल दिन सुरु गरिसकेका छन् । एउटा बिरुवाले एक वर्षमा पाँच पटकसम्म फल दिने गर्दछ ।

लोकेन्द्र विष्टसहित तीन जनाको लगानीमा सुरु गरिएको फर्ममा कामअनुसार दैनिक पाँचदेखि २५ जनासम्म मजदुरले दैनिक ज्यालादारीमा काम गर्दैआएका छन् । पन्ध्र वर्षसम्म लिजमा लिएको जग्गाबाट उत्पादन भएको ड्राइगन फ्रुटबाट पाँच वर्षमा लगानी उठाउने र दश वर्षसम्म फाइदा लिने योजना बनाएको विष्ट बताउनुहुन्छ । वार्षिकरुपमा जग्गा लिजकाे तीन लाख भाडा रहेको छ ।

फल मात्रै होइन ड्राइगनका बिरुवासमेत बिक्री वितरण भइरहेका छन् । रातो प्रजातिकाे बिरुवाको मूल्य प्रति ओटा तीय सय रुपियाँ रहेको छ भने सेतोको प्रतिओटा मूल्य दुई सय रुपियाँ रहेको छ । हालसम्म चार हजार ड्राइगनका बिरुवा बिक्री भइसकेका छन् भने आठ हजार नर्सरीमै रहेका छन् । विष्टको ड्राइगन फर्ममा नेता, सांसद, जनप्रतिनिधि, किसान, विद्यार्थी, व्यापारी सबै पुगेकै हुन्छन् । सरकारले किसानलाई नगद अनुदान दिनुभन्दा संरचना, मल, बीउ दिनुपर्ने उहाँको धारणा रहेको छ यो खबर गोरखापत्र अनलाइनबाट साभार गरिएको हो ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
BIJAY KUMAR KARN
3 years ago

Good job lokendra bist ji. Now your real life is started.

Pushpa karki
Pushpa karki
3 years ago

Mantri jyu, namaskar,
It is very good news.
I am from eastern Nepal but retired engineer.
There are black rice called NUNIA in eastern Nepal grown sufficiently in past days now people have left cultivating it due to low output per bigha land.
Some bodies have its seed within them. So I suggest you to do this rice cultivation in eastern Nepal from Saptari to jhapa.