लकडाउनले नछेकेको युवाहरुको तरकारी खेती

अभिमन्यू लामिछाने
उदयपुर:
उदयपुरका दुई जना विद्यार्थी (युवा)हरुको दैनिकी फरक छ । रमेश बुढाथोकी र बिमल कार्कीको दैनिकी बिहान उज्यालो भएदेखि बेलुका साँझसम्म आफ्नै तरकारी बारीमा बित्ने गरेको छ ।

अनेरास्ववियुका जिल्ला अध्क्षय समेत रहेका कार्कीले अहिलेका युवाहरु राजनीति सँगसँगै कृषि पेशामा आत्मनिर्भर हुनुपर्ने बताउछन् । उनीहरुले आफूलाई आत्मनिर्भर बनाउँदै अन्य केही साथीहरुलाई समेत कृषि फर्ममा रोजगारी दिने उद्देश्यका साथ नमूना कृषि फर्म दर्ता गरी व्यवसायिक तरकारी खेतीमा लागेको बताए ।

कार्की भन्छन, “७ विगाहा खेत भाडामा लिएर तरकारी खेती सुरु गरेलगतै सरकारले लकडाउन ग¥यो । सुरुमा त हामी अब के गर्ने होला ? भनेर निकै चिन्तित भइसकेका थियौ । कतैबाट पनि हौसला मिलेन । वर्षको १ लाख भाडामा लिएको खेतकै पैसा तिर्न नसकिने पो हो कि ! जस्तो पनि लाग्यो । तर, रातदिन काम गर्दा अहिले राम्रो भएको छ ।’

पहिलो चरणको तरकारी विक्री गर्दै गर्दा करिब ३ (तीन) लाखको तरकारी विक्री गरिसकेको अर्का कृषक रमेश बुढाथोकी बताउँछन् । लकडाउनको समयमा आफूहरुले घरघरमा समेत तरकारी पु-याउने गरेको बुढाथोकीले बताए ।

अहिले उनीहरुले तरकारी बारीमा सिजनअनुसार मौसमी तथा बेमौसमी टमाटर, काउली, बन्दा, भिन्डी, भान्टा, खुर्सानी, बोडी, काँक्रो तथा विभिन्न प्रकारका हरियो सागहरुलगायतका तरकारीहरु लगाएका छन् ।

कार्की भन्छन्, ‘घर परिवारलाई चाहिने अर्गानिक तरकारी यही नै उत्पादन गरेर खान पाएका छौं । आफ्नो पौरखले उब्जाएको तरकारी घर परिवारले मिलेर खाँदा अर्कै आनन्द आउने गरेको छ ।’

उनले विदेशमा पसिना बगाएर २५–३० हजार कमाउनु भन्दा स्वदेशमै व्यवसायिक कृषि कर्ममा लागेर आत्मनिर्भर हुन युवाहरूलाई सुझाव दिन्छन् । आफूहरुले तरकारी खेती गरेपनि स्थानीय सरकारहरूबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै कार्कीले कृषकका लागि आउने कृषी अनुदान वास्तविक कृषकहरूले पाउनुपर्ने बताउँछन् ।

उनले भने, ‘अहिलेसम्म एकपैसा अनुदान पाएको छैनौं ।’ आफ्नो तरकारी फर्मबाट दैनिक तीन सय केजीसम्म तरकारी बिक्री हुने गरेको उनको भनाइ छ न्युज 24 मा खबर छ ।

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments